Ultimate magazine theme for WordPress.

डीभी परेर अमेरिका पुगेका नेपाली मूलका ओलीको मृ’त्यु

175

काठमाडौं :– डीभी चिट्ठाबाट अमेरिका पुगेका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा म’स्तिष्क श्रा’वबाट ज्यान गएको छ । गत जून ४ का दिन म’स्तिकघा’त भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

३४ वर्षीय ओलीलाई बचाउन श’ल्यक्रि’या गरेता पनि उपचारकै क्रममा उनको आइतबार मृ’त्यु भएको हो ।ओली सन् २०१० मा वि’विधता प्रवेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका पुगेका थिए । उनी दाङ्गका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् ।

नेपाल सेन्टर अफ नर्थ क्या’रोलिनाका अनुसार ओली परिवारमा आयआर्जन गर्ने उनी एक मात्र सदस्य थिए ।उत्तर क्या’रोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्या’रोलिनाको पहलमा उनको अ’न्त्ये’ष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्या’इएको छ ।

संस्थाले मृ’तक ओलीको दा’ह सं’स्कार तथा नेपालमा रहेका परिवारका लागि सहयोग गर्न गोफन्ड मी आह्वान गरेको हो । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता सञ्चालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भइसकेको संस्थाले जनाएको छ ।