Ultimate magazine theme for WordPress.

संक्रमण जि’तेर खेतीपातीमा

101

नेपालगन्ज — बाँझो खनजोत गर्दै थिए, नि’मोनिया देखियो । बाँकेको राप्तीसोनारी–७ सर्रीका ३२ वर्षीय रामकरन चौधरी ज्व’रोले थला परे । चिकित्सकसित परामर्श गरेर को’रोना परीक्षण गराए । वैशाखको दोस्रो साता संक्रमण पुष्टि भयो ।

को’रोनाका बि’रामी पनि यतिबेला खेतमा काम गर्दैछन्। घरमै आइसोलेसनमा बसेर खेतीपातीको काममा व्य’स्त हुन थालेका उनी अहिले संक्रमण मुक्त भइसके । रोपाइँका लागि धानको ब्या’ड तयार गरिसके । सात जनाको परिवारले १० कट्ठामा खेती गर्दै आएको छ । ‘

को’रोनाले आर्थिक भार ब’ढायो । आफैं बि’रामी परेपछि कमाउने कोही भएनन्,’ उनले भने, ‘अब खेतीको भ’रोसामा छौं ।’ खेतीपातीबाहेक उनी अटो रि’क्सा चलाउँछन् । निषेधाज्ञा लागू गरिएपछि रिक्सा पनि गुड्न छाड्यो । ‘नगद कमाइ नभएपछि खाना जु’टाउन समस्या छ,’ उनले भने ।

खजुरा–२ की ६५ वर्षीया पार्वती खड्कालाई गत वैशाख २६ मा को’रोना संक्रमण देखियो । खजुरा गाउँपालिकाले बनाएको आइसोलेसन सेन्टरमा १२ दिन बसिन् । त्यतिबेला उनलाई रो’गभन्दा खेतबारीको काम सम्झेर चि’न्ता लाग्थ्यो । अहिले २ बिघा ४ कट्ठामा रोपाइँ गर्न ब्या’ड राखिसकेकी छन् ।

‘एक हप्ता भयो ब्याड राखेको,’ उनले भनिन्, ‘रो’गभन्दा खेतीपातीको चि’न्ता छ । वर्षभरिको खाना जोहो यसैबाट हुने हो ।’ कोहलपुर–१४ चि’त्रानगरकी ५३ वर्षीया अनिता पुन को’रोना संक्रमण भएर निको भएकी छन् । गत वैशाख २१ मा अस्पतालबाट डिस्चार्ज भएपछि खेतीपातीको काममा व्यस्त छिन् ।

उनलाई खेतीको चि’न्ताले सताएको छ । एक बिघा जमिनमा उनले खेती गर्दै आएको वर्षौं भइसक्यो ।‘हातमुख जोड्न खेती त गर्नै पर्‍यो । रो’ग त यस्तै हो,’ उनले भनिन्, ‘ब्याड राख्यौं, अब मलको जोहो गर्दै छौं ।’ खजुरामा ७ सय ८० जनामा संक्रमण देखिएकामा ७७ जनाबाहेक सबै निको भएर घर फर्केको खजुरा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुदीप पौडेलले बताए ।

‘धेरै जना निको भएर घर फर्कनुभएको छ । खेती गर्दै हुनुहुन्छ,’ उनले भने, ‘खेतीपातीको समय भएकाले सामाजिक दूरी कायम गरेर स्वास्थ्य हेरेर काममा लाग्न सुझाएका छौं ।’ को’रोना संक्रमण सुरु हुँदा सर्वसाधारण एकले अर्कोलाई भेट्न ड’राउँथे ।नजिकका आफन्त पनि आउजाउ गर्दैनथे ।

धेरैबीच भेटघाट नभएको महिनौं भयो । छिमेकी पनि घरमा आउन ड’राउँछन् । तर, वर्षा सिजन सुरु भएपछि संक्रमित र निको भएर घर फर्किएका सर्वसाधारण खेतीपातीको काममा जु’ट्न थालेका छन् । उनीहरूलाई रो’गभन्दा पनि भोकको चि’न्ता छ ।समयमै खेती नगरे वर्ष दिन मुख जोड्न स’मस्या हुन सक्छ ।

कतिपयले लक्षण देखिएर पनि को’रोना परीक्षण गराउन छाडेका छन् ।लामो समयसम्म आइसोलेसनमा बस्दा खेतीपातीको समयमा असर पुग्न सक्ने ड’र किसानलाई छ । राप्तीसोनारी–७ सर्रीका ५३ वर्षीय टीकाराम चौधरीलाई पनि वैशाखको पहिलो साता को’रोना संक्रमण देखियो ।

सुरुमा सामान्य खोकी लागेकाले उनी ड’राएनन् । जब ख’कारमा र’गतका छि’टा देखा पर्न थाले, उनी ड’राए । संक्रमणपछि उनी घरकै आइसोलेसनमा दूरी बनाएर बसे । सात जनाको परिवारमा उनलाई बाहेक कसैलाई को’रोना देखिएन । ‘परिवारले मास्क लगाउन क’र गर्थे तर, कहिलेकाहीं नलगाएर त्यसै हिँडियो, त्यसैले संक्रमण देखियो,’

उनले भने, ‘सानो लापरबाहीले परिवार नै जो’खिममा पारियो ।’ हाल उनी निको भइसकेका छन् । बाँकेमा अहिले संक्रमण घट्दै छ । सर्वसाधारण को’रोना संक्रमण भुल्दै खेतीपातीमा जु’ट्न थालेका छन् । वर्ष दिनको खेतीले छाक टार्दै आएका उनीहरू बीउ र मलको जोहोमा लागेका छन् ।

लामो समयदेखिको लकडाउन र निषेधाज्ञापछि को’रोनाको संक्रमण कम भएको भेरी अस्पताल नेपालगन्जका को’रोना स्रोत व्यक्ति डा। संकेत रिसालले बताए । ‘निषेधाज्ञाले भी’ड हुन दिएन । सामाजिक दूरी बढायो । जसका कारण संक्रमण कम देखिनु स्वाभाविक हो,’ उनले भने, ‘को’रोना नियन्त्रणका लागि सबैभन्दा ठूलो कुरो सामाजिक दूरी कायम गर्नु नै हो ।’