Ultimate magazine theme for WordPress.

करिनाको रेट १२ करोड !

143

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री करिना कपुरले आफ्नो पारिश्रमिक बढाएकी छन् । बलिउडकै महँगी अभिनेत्री भनेर चिनिएकी करिनाले नयाँ फिल्मका लागि १२ करोड मागेकी हुन् ।

हालै करिनालाई एक नयाँ फिल्मबाट अफर आएको छ ।उनलाई पौराणिक कालको गाथा ‘सीता’का निर्माताले फिल्मका लागि प्रस्ताव गरेका थिए । करिनाकोमा केही महिनाअघि अलौकिक देसाई फिल्मको कुरा लिएर पुगेका थिए । सो फिल्म करिनाले मनपराएकी थिइन् ।

अहिले दोस्रो सन्तानलाई जन्म दिएपछि उनलाई सोही प्रस्ताव आएको हो । आफुलाई अफर आएको फिल्म करिनाले पनि मनपराएकी छिन् । फिल्ममा सीताको दृष्टिकोणबाट रामायणलाई देखाउन खोजिएको छ ।

यसैलाई ध्यानमा राख्दै करिनाले आफ्नो पारिश्रमिक १२ करोड मागेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । यसअघि ६ वा ७ करोड माग गर्दै आएकी थिइन् । यसबारे भने निर्माताहरु पुनर्विचार गरिरहेको भारतिय मिडियामा जनाइएको छ ।