Ultimate magazine theme for WordPress.

चुरे वि’नाशले मरुभुमि बनाएको धनुषाको एउटा सुन्दर ह’राभरा गाउँ ‘छेडीपोखरी’

54

जनकपुर : करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थु’प्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो। पश्चिममा पाकिस्तानको इन्दुस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको यसलाई शिवालिकको नामबाट पनि चिनिन्छ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३७ वटा जिल्लामा फैलिएको र कुल भूभागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ। अधिकांश ठाउँमा तराईको भूभाग सकिएर माथि उठेको भूभाग तथा महाभारत क्षेत्रको भूभागबाट ओर्लिंदा भेटिने अन्तिम पहाड हो चुरे।

सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो अत्यन्त संवेदनशील छ। तर चुरे दोहन हुने क्रम प्रतिदिन बढ्दो छ। चुरे संरक्षणका लागि जेजति कार्यक्रम ल्याइए पनि चुरे दोहन रोक्न खासै काम हुन सकेको छैन।

तराई मधेसमा चुरे दोहनको फरक–फरक रोचक र टि’ठलाग्दो दृष्य छन्। तराई-मधेसमा जब व्यवसायिक तथा अनियन्त्रित उ’त्खनन र चुरे दोहनले केही वर्ष अघिसम्म यहाँका खोलामा नियमित बगिरहने जरुवाको पानी बिलाएर गएको छ। पानीका मुहान एकपछि अर्को गरेर सुक्न थालेका छन्।

खानेपानीका मुहान, पोखरी, इनार, बगिरहने पानी र डिप बोरिङ ब’न्द भएका छन्। यस्तै चुरे वि’नासको कारण कुनै बेला धनुषामा रहेको एउटा हराभरा गाउँ अहिले मरुभूमिमा परिणत भएको छ। आज हामी यसै गाउँको चर्चा गर्दै छाैं। कुनै बेला धनुषामा छेडीपोखरी भन्ने एउटा सुन्दर गाउँ थियो।

६५ भन्दा बढी घरपरिवार अटाएको त्यो किसानहरूको बस्ती हराभरा थियो। तर अहिले छेडीपोखरी नामको गाउँ नै छैन। छ त एउटा फराकिलो मरुभूमि। २०४५ सालमा गाउँलाई झन्डै आठ फिट गहिराइबाटै नदीले काटेर बगाइदिएपछि सारा गाउँ नै ब’ढारिएर गयो ।तर, त्योभन्दा गहिरो खनेर ढलान गरिएकाले दुई वटा इनारको अस्तित्वचाहिँ अझ हेर्न सकिन्छ त्यहाँ।

छेडीपोखरीलाई सम्झाउने अब केबल यही इनारको अवशेष बाँकी छ। सामुदायिक वन उपभोक्ता समिति महासंघ प्रदेश २ का अध्यक्ष सोम प्रसाद शर्माले गाउँको अवशेष बाँकी रहेको इनार देखाउँदै भने, ‘यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौं।’

तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ मा पर्ने यस गाउँको इतिहास २ सय वर्ष पुरानो मानिएको छ। करिब २ सय वर्ष पहिला यस गाउँमा थारू समुदायका मानिस भारतको मुंगेरबाट आएका हुन् भन्ने बुढापाकाहरू भन्छन् ।यस गाउँमा सम्मानित शोभित चौधरीका बुढा हजुरवा अमृत पोद्धार(चौधरी) बिर्तावाल थिए।

यस भेकमा यिनको ठूलो सम्मान थियो। तर पछि पहाडी समुदायका मानिसको प्रवेश हुन थालेपछि यिनीहरूको प्रभाव घट्दै गएको देखिन्छ। २००७ साल पहिले नै यस भेगमा जंगल फ’डानीको क्रम सुरु भइसकेको थियो। पाल्पाबाट १९९० सालतिर नै आएका डम्बर बहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमशेरको संरक्षणमा जंगल फँडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालिरहेका थिए।

२००७ सालको क्रा’न्तिमा अग्रणी भूमिका खेल्ने धनुषा लोहना वभनगामा निवासी दिगम्बर झा क्रा’न्तिकालमा गठित जनसरकारका प्र’भावशाली व्यक्तित्व थिए। आन्दोलनको क्रममा खातीहरू (बलबहादुर खाती, लाल बहादुर खाती र वीरबहादुर खाती) सँग नि’कट सम्पर्क भयो।

हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्र’भावशाली व्यक्ति दिगम्बर झाले त्यस भेगमा जंगल फँ’डानी गरी नयाँ बस्ती विस्तार गरे। बस्तीको नाम उनको नामबाट दिगम्बरपुर राखियो। पछि बलबहादुर खाती गाउँका जमिन्दार र हर्ताकर्ता भए। पहिला दिगम्बरपुरमा जलाधि खोलाको चौडाइ ४ सय मिटर मात्र भएकोमा अहिले विकराल हुँदै गएको छ र हजार मिटरभन्दा पनि बढी यसको चौडाइ बढ्दै गएको छ।

बर्सेनि जलाधि खोलाले ५–६ बिघा जग्गा क’टान गर्ने गर्दछ। ०४५ सालमा आएको विनाशकारी बाढीले पूरा छेडिपोखरी गाउँ नै बगाएर लग्यो। ७० वर्षीय ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो मरुभूमि हेर्न पुग्छन्। उनको बाल्यकाल देखिका थुप्रै सम्झना त्यतै खेलेर हुर्केर बित्यो।

‘हेर्दाहेर्दै सबैथोक लगिदियो,’ बुढाथोकीले भने, ‘म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौं।’ रामेछापको ना’गदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए। ‘बा र आमा मिलेर खेतीपाती सुरु गर्नुभयो,’ उनले सम्झे, ‘हामी त्यहीँ खेलेर हुर्कियौं।’

आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाए। ज’लाद खोलाको छेवैमा गाउँ कस्तो थियो भने, मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुने। गाउँमै मूल फु’टेर निस्केको सफा पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिँचित गर्न मद्दत गरेको थियो।

ललितले भने, ‘२०४२ सालताकाको कुरा हो, सोझो नदी त हेर्दाहेर्दै नागबेली परेर बग्न थाल्यो। सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै ल्यायो। अर्को वर्ष अझ बढी क’टान भयो। २०४४ सालमा गाउँभरि नदी बग्न सुरु भयो।’‘यसरी जुन दिन खेतमा नदी पस्यो, त्यसै दिनदेखि हाम्रो सर्वस्व गयो,’ उनले भने, ‘अरू गाउँले त तत्कालै छा’डेर हिँडिहाले।

मचाहिँ किनार किनार सर्दै त्यतै बसिरहेँ।’ अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सीप नलागेर मैले पनि बसाइँ सारे।’यसरी छेडीपोखरीका अन्तिम बासिन्दा ललित हिँडेपछि तत्कालीन धनुषाको दिगम्बरपुर गाविस वडा नम्बर ४ छेडीपोखरी मानवविहीन बन्न पुग्यो।

त्यहाँका सम्पूर्ण गाउँले शरण खोज्दै करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगे। त्यो स्थान अहिले क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ६ सखुवा बजार, नयाँ टोल भनेर चिनिन्छ। ‘उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो,’ललितले भने, ‘अहिले अन्यत्रबाट थपिएका समेत गरेर डेढ सयभन्दा बढी परिवार पुगिसकेका छौं।’

खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका ललितले जानेको अरू कुनै काम थिएन। बिहे भएर गएकी छोरीले कि’निदिएको १० धुर जग्गामा एउटा छाप्रो बनाएर श्रीमान–श्रीमती बसेका छन्। ‘बिहान बेलुका यहीँ चिया बनाएर बेच्ने गर्छु,’ उनले कुरा गर्न बसेकै छाप्रो औंल्याउँदै भने, ‘मुस्किलले जीवन चलिरहेको छ।’

यसरी विस्थापित हुनुपर्दा समस्या ललितलाई मात्र परेन, पहाडे र म’धेसी परिवारको मिश्रित बसोबास रहेको सम्पूर्ण गाउँलेको बि’चल्ली भयो। उनका अनुसार त्यो गाउँका कसैको पनि जग्गाजमिन अर्को गाउँमा थिएन। अर्को कुनै गाउँलेको जग्गा जमिन पनि त्यहाँ थिएन।

‘चारकिल्ला ठो’किएको त्यस्तो किसिमको टोला थियो,’ उनले थपे, ‘यस्तो अवस्थामा सबै एकसाथ बिल्लिबाँठ भयौं।’ आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै परिवारको नम्बरी जग्गा नै रहेको उनी सुनाउँछन् ।‘तर, कसैले पनि क्षतिपूर्ति पाएनौं,’ उनले भने, ‘अरब गएर धेरैले जग्गा जमिन जोडेपछि अधिकांश परिवारले फेरि किसानी गर्न पाएका छन्।’

ललितका अनुसार छेडीपोखरीमा पसेको झन्डै १० वर्षपछि फेरि नदीले बाटो फेर्‍यो। त्यतिबेला रसिलो बन्न पुगेको किनार किनारका जमिनमा एक दुई वर्ष फेरि हरियाली फैलिएको थियो। यताबाट गएरै गाउँलेहरूले धान रोप्दा २०५६ सालताका बेस्सरी उब्जनी भएको उनी अझै सम्झन्छन्।

त्यसपछि फेरि सु’क्दै गएपछि अब त घाँस पनि नलाग्ने मरुभूमि बन्दै गइरहेको उनले सुनाए। छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव भन्छन्, ‘उनी केटाकेटी हु’ञ्जेल पनि गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र ब’गेको थियो ।

‘त्यतिबेला बढीमा सय मिटर चौडा थियो,’ नदीतर्फ औंल्याउँदै गाउँका यी सामाजिक परिचालक भन्छन्, ‘अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।’ छेडीपोखरीमा नदी प’सेर जलादले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको ब’हावको बीचमा फेरि अर्को धार बनाइदियो।

अहिले नदी यो बीचकै धारबाट ब’गिरहेको छ। पछिल्लो समय नदीको धमाधम त’टबन्ध गरिए पनि बर्सेनि क’टान नरोकिएको उनले बताए। आफूहरूले सरकारी त’वरबाट भरमग्दुर प्रयास गर्दा पनि बर्सेनि ज’लाद नदीले ठूलो मात्रामा गर्ने क’टान रोक्न नसकिरहेको दिगम्बरपुरका शिक्षक राजेश महतोले बताए।

राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कार्यालय, ज’लउत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको त’टबन्ध कार्यालयले आपसी तालमेलमा चुरे संरक्षणको प्रयास गरिरहेकै छन्।

वातावरणविद्, चुरेका अनुसन्धानकर्ता विजयकुमार सिंह दनुवारले जुन मात्रामा चुरेले वि’नास भो’गिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो बन्दै गइरहेको बताए। उनले भने, ‘तीन दशकभित्र ज’लाद नदीले तीन वटा धार परिवर्तन गरेको छ।’ सिंहले चोरी निकासीलाई वनले नियन्त्रण गर्नै नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नां’गो भइसकेको बताए।

उनका अनुसार यसरी वनफँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको छ। यस्तो अवस्थामा वर्षामा बढ्ने भेलले ढुंगामाटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बढ्दै गइरहेको छ। चुरेभन्दा माथिको महाभारत पर्वत श्रृंखलामा हुने गतिविधि पनि चुरे र तराई मधेससँगै जोडिने विज्ञ दनुवारको भनाइ छ।

दनुवारका अनुसार महाभारत श्रृंखलाका पहाडहरू नै फो’रिए पनि अन्तिममा तराई नै मरुभूमीकरण हुनेछ। ‘महाभारतका पहाडहरू उत्खनन गर्दा २५/३० प्रतिशत मात्रै नि’र्यातयोग्य ढुंगा, गिट्टी निस्कन्छ, बाँकी ७०/७५ प्रतिशत ‘डे’मरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ,’

उनी भन्छन्, ‘दर्जनौं पहाड त्यसरी खो’तलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन।’ यसरी अब पनि चुरे संरक्षणको निम्ति ग’म्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी गाउँजस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुन बेर छैन। त्यसैले बेलैमा सोच्नु पर्ने आवश्यक्ता रहेको विज्ञहरूको भनाइ छ।