Ultimate magazine theme for WordPress.

मोटरसाइकल दु’र्घटना हुदाँ आमाको मृ’त्यु, छोरा घा’इते

90

चितवन । श’क्तिखोर – फिस्लिङ ग्रामिण सडक खण्ड अन्तरगत चितवनको कालिका नगरपालिका ९ चुनखानीमा मोटरसाइकल दु’र्घटना हुदाँ एक जनाको मृ’त्यु भएको छ भने एक जना घा’इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट श’क्तिखोर तर्फ आउदैँ गरेको ना.३६प.२१९९ नम्बरको मोटरसाइकल मंगलबार विहान १० बजेको समयमा दु’र्घटना हुदाँ अन्दाजी ६०/६२ बर्षकी ह’स्तमाया मगरको घ’टना स्थ’लमै मृ’त्यु भएको हो ।

मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका ११ बस्ने अन्दाजी बर्ष ३५/३६ का फत्ते बहादुर मगर घा’इते भएका छन् । दुबै खुट्टा, हात तथा ढांडमा चो’ट लागेको उनको अवस्था मध्यम रहेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।उनिहरु आमा छोरा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भइ सडकबाट ५० मिटर तल ख’सेका थिए । स्थानीय टिका गुरुङका अनुसार यस सडकखण्डमा दु’र्घटना बढ्दो छ । उनका अनुसार गत बर्ष यस सडक खण्ड अन्तरगत गढी नजिकै इच्छाकामना २ ल्याम्धर र बा’योडाडाँ भन्ने स्थानमा तीन वटा मोटरसाइकल दुर्घटना भएका थिए ।

ती दु’र्घटनामा दुई जनाको मृ’त्यु र एक जना ग’म्भीर घा’इते भएका थिए । उनका अनुसार यस सडक– खण्डमा हुने दु’र्घटना बारे जानकारी सञ्चार माध्यम र प्रहरी सामु पुग्दैन । नि’र्माणाधिन यो सडक यत्राका लागि जो’खिम रहेको छ ।