Ultimate magazine theme for WordPress.

अमेरिकाले कस्ता कागजपत्रवि’हिनलाई पक्राउ गर्ने र कस्तालाई नगर्ने भन्नेबारे नयाँ नियम जारी गर्दै

69

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड से’क्युरिटीका सेक्रेटरी अ’लेहान्द्रो मे’यरकासले कस्ता कागजपत्रवि’हिनलाई पक्राउ गर्ने र कस्तालाई नगर्ने भन्नेबारे नयाँ नियम जारी गर्ने भएका छन् । सरकारले यसबारे सोमबार संघीय न्या’याधिसलाई जानकारी दिएको हो ।

गत फरबरीमा जारी देशनि’कालाको प्राथमिकताबारेको नीतिको स्थानमा नयाँ नियम जारी गर्न लागिएको हो । मे’यरकासले फरबरी १८ को ९० दिनभित्र नयाँ नियम जारी गरिसक्ने उल्लेख गरिएपनि नयाँ नियम जारी गर्नका लागि ढिलो भएको छ ।एरिजोनाको संघीय अदालतमा रहेको फाइलिङमा जस्टिस डिपार्टमेन्टले मेयरकासको नयाँ नियम जारी हुने लक्ष्य आगामी महिना रहेको उल्लेख छ ।

तर ज’स्टिस डिपार्टमेन्टका वकिलले यो मिति अझ पछाडि सर्नसक्ने चे’तावनी दिएका छन् । अहिले नयाँ नियम जारी गर्नका लागि जुलाईको सुरुवातको लक्ष्य रहेको र तर जुलाईको सुरुमा जारी हुने वा अन्त्यमा भन्नेकुरा एजेन्सीको आवश्यकता लगायतमा भर पर्ने वकिलहरुको भनाई छ ।

गत फरबरीको नियम दे’शनिकालाको नयाँ प्राथमिकताको नियम अनुशार कसरी काम भइरहेको छ भन्ने सन्दर्भमा आफूले आफ्ना एजेन्टहरुबाट सुन्न चाहेको मेयरकासले बताएका छन् । तर उनले अमेरिकामा रहेका अधिकांश कागजपत्रिविहिनहरु देशनि’कालामा पर्न नहुने विश्वास गर्ने स्पष्ट पारेका छन् ।