Ultimate magazine theme for WordPress.

अष्ट्रेलियाको मेलबर्नको लकडाउन बिहीबारबाट हट्ने, घरमा पाहुना बोलाउन नपाइने

66

सिड्नी । को’रोना संक्रमितको संख्या घटेपछि अष्ट्रेलियाको मेलवर्नमा जारी लकडाउन ह’ट्ने भएको छ । दुई साताबाट जा’री लकडाउन बिहीबार मध्यरातबाट ह’ट्ने भएको हो ।

राज्य सरकारले अझै केही कुराहरुमा क’डाई गर्दै लकडाउन खुलाउन लागेको हो । जसअनुसार मानिसहरु २५ किलोमिटरको सीमामा मात्रै निस्कन स्वतन्त्र हुनेछन् । सो क्षेत्रभन्दा टाढा निस्कनुपरेमा स्वीकृति चाहिनेछ । त्यस्तै, घरमा पाहुना बोलाउन पनि नि’षेध गरिएको छ ।

होटल तथा रेस्टुरेन्टहरुले पनि आवश्यक मा’पदण्डको पालना गर्नुपर्नेछ ।मेलवर्नमा पछिल्लो २४ घण्टामा कूल २८ हजार ४०० परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको थियो । सो संक्रमित पनि क्वा’रेन्टीनमा बसिरहेको व्यक्ति भएकोले लकडाउन खोल्न लागिएको हो ।राज्यमा हाल ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

उता पछिल्लो समय भुटानमा को’रोना संक्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो एकदिनमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भुटानमा को’रोना संक्रमितको संख्या १७२४ पुगेको छ । त्यस्तै सक्रिय को’रोना संक्रमितको संख्या ३०७ पुगेको छ । को’रोना संक्रमणका कारण भुटानमा हालसम्म एक जनाको मात्र ज्यान गएको छ ।