Ultimate magazine theme for WordPress.

‘अष्ट्रेलिया आउन पाउने भन्दैमा झुटो या चाँडो विवाह नगर्नुस्, दलदलमा फसिन्छ’

162

अष्ट्रेलिया अहिले धेरै नेपालीको सपनाको देश वनेको छ । नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएका युवाहरुको अनुभव साट्ने क्रममा हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका दिवस पोखरेलको अनुभब यस्तो छ –

म अष्ट्रेलिया आएको दुई वर्ष भयो। नेपालमा मेरो घर काठमाडौं, चाबहिलमा ।१२ पास गरेपछि आएको हूँ। कमर्सियल कुकरी। अहिले वेस्टर्न सिड्नी युनिभर्सिटीमा डिप्लोमा लेभलमा पढ्दैछु। नेपालमा हुँदा सजिलो लाग्छ। तर यहाँ आइसकेपछि परिवारबाट टाढा, एक्लो भइने हुँदा गाह्रो हुन्छ।

यहाँ काम नपाइने भन्ने हुँदैन। तर शुरुमा काम खोज्ने तरिका थाहा नहुने, चिनजानका मान्छे नहुने हुँदा गाह्रो हुन्छ। यहाँ स्वतन्त्रता हुन्छ। अर्को कुरा, मेहनत गर्ने र लगनशील हुने हो भने यहाँ अवसर धेरै छन् र सफलता पनि मिल्छ। नेपालमा बस्दा घरपरिवारले नै हाम्रो लागि सबै गरिरहनुभएको हुन्छ।

तर यहाँ आइसकेपछि काम खोज्ने अनि काम गर्ने गर्दा कस्तो-कस्तो लाग्छ। समग्रमा भन्दा, अष्ट्रेलियाले मलाई आत्मनिर्भर हुन र कडा मेहनत गर्न सिकायो।अष्ट्रेलिया आइसकेका व्यक्तिहरुलाई यहाँको बारेमा राम्रोसंग सोधेर, अनि योजना बनाएर मात्र आउनुस्।

नक्कली लाइसेन्स, नक्कली कागजात नल्याउनु। छोराछोरीको झुटो विवाह गराएर, अष्ट्रेलिया आउन पाउने भन्दैमा चाँडो विवाह गरिदिएर नपठाउनुस्। यहाँ आइसकेपछि निकै गाह्रो हुन्छ। दलदलमा फस्छन्।