Ultimate magazine theme for WordPress.

गण्डकीमा विपक्षी गठबन्धनलाई सरकार बनाउने ढोका खुला

103

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको गण्डकी सरकार ढलेको छ ।बैठकमा ५८ जना सहभागी भएकोमा ५७ जनाले मतदान गरेकोमा प्रदेशसभाको विश्वासको मतको प्रस्तावको पक्षमा २७, विपक्षमा ३० रहेको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे

बहुमत नभएकोले प्रस्ताव अस्वीकृत भएको सभामुख अधिकारीले घोषणा गरे ।प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त भएका हुन् । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहे । सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् ।प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ

ठूलो दलका नेताको हैसियले गत वैशाख २९ गते गुरूङ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री गुरूङले विश्वासको मत नपाएसँगै अब नया सरकार गठनको अर्को प्रक्रिया शुरु हुनेछ ।प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार विश्वासको मत पाउन सक्ने आधार भएका सांसदलाई मुख्यमन्त्री नियुक्त गर्नेछिन्।

मनाङबाट स्वतन्त्र सांसद बनेका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेकाले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बहुमतको सरकार बनाउने बाटो खुलेको छ। मनाङेले समर्थन गर्दा विपक्षी गठबन्धनलाई आवश्यक बहुमत ३१ पुग्छ।