Ultimate magazine theme for WordPress.

नागरिकता अध्यादेश का’र्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आ’देश

148

काठमाडौं– ना’गरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आ’देश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले अध्यादेश कार्यान्वयन तत्काल नगर्न अ’न्तरिम आ’देश जारी गरेको हो।

बिहीबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाकाे इ’जलासले यस्तो आदेश दिएको हो। सरकारले अध्यादेशमार्फत नागरिकता ऐ’नसम्बन्धी अध्यादेश जारी गरेकाे थियाे ।

प्रतिनिधि सभा विघटन गरेपछि जसपाकाे एक पक्षलाई सरकारमा ल्याउने अध्यादेश जारी गरेकाे थियाे। जसविरुद्ध सर्वाेच्चमा मुद्दा दायर भएको थियो। सर्वाेच्चकाे संवैधानिक इजलासले अन्तरिम जारी गरेसँगै अध्यादेश राेकिने भएको छ।

थप समाचार -नवनियुक्त गृह मन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।बिहीवार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृह मन्त्रालयका अधिकारीहरूसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रूपमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।

गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरि कारबाही गर्ने नवनियुक्त मन्त्री अधिकारीले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘शान्ति, सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँ–कतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्प्राेमाइज हुँदैन ।’

मन्त्री अधिकारीले विकासमा तीव्रता र सुशासनको खाँचो भएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन निर्देशन दिनुभयो ।मन्त्री अधिकारीको पदबहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, काठमाण्डाै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।