Ultimate magazine theme for WordPress.

पाेखरामा गणेश लामा पक्राउपछि सम्पर्कविहिन दीपक मनाङे खाेज्न छापा मार्दै प्रहरी

1,060

पाेखरा ।कास्की प्रहरीले बुधबार रातिदेखि सम्पर्कविहिन भएका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ खाेजी कार्य सुरु गरेकाे छ ।डन पृष्ठभूमिका दीपक मनाङे भनेर चिनिने मन्त्री राजीव गुरुङ हराउनु र अर्का डन पृष्ठभूमिकै गणेश लामा पाेखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित छ ।

मनाङे शुक्रबार गण्डकी प्रदेश सभामा समेत अनुपस्थित भएका थिए ।प्रहरी श्राेतका अनुसार उनकाे खाेजी गर्न प्रहरीकाे टाेली खटिएकाे छ । कास्की प्रहरीका प्रमुख एसपी, बैदाम प्रहरीका डिएसपी लगायतकाे टाेली समेत परिचालन भएकाे उच्चश्राेतले जानकारी दियाे ।

गणेश लामा फेलापरेपछि उनी बसेका स्थानमा प्रहरीले छापा मारेकाे दावी पनि श्राेतले गर्याे । यद्यपि मनाङे फेला परेका छैनन् ।खाेजी भैरहेकेा छ, फेला पारेका छैनाैं– प्रहरी श्राेतले भन्याे–सम्भावित ठाउमा छापा मार्दैछाैं । प्रहरीले गणेश लामाले लुकाएर राखेकाे हुन सक्ने आशंका गरेर खाेजि तिव्र पारेकाे हाे ।