Ultimate magazine theme for WordPress.

सरकारको प्रवक्ताको जिम्मेवारी नैनकला थापालाई

55

काठमाडौं । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्तामा चयन गरेको एक मन्त्रीले जानकारी दिए ।

विगतमा पनि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने परम्परा थियो । सरकारका औपचारिक निर्णय सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीको काम-कर्तव्य अधिकारका बिषयमा पनि सबै नवनियुक्त मन्त्रीलाइ जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा सरकारकाे प्रवक्ताबाट गर्नुपर्ने, सरकारकाे गाेपनियता कायम गर्न पनि सबै मन्त्रीलाइ निर्देशन दिएका बैठकमा सहभागि ति मन्त्रीले बताए । मन्त्रिपरिषद् पुर्नगठन भएपछि बिहिबार पहिलाे बैठक बसेकाे हाे ।

लामो समयपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले निर्धक्क भएर काम गर्नसमेत सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्।साथै उनले प्रवक्ताबाहेक अरूलाई मन्त्रिपरिषदका सूचना नभन्न समेत भनेका छन्। ‘जनताको काम निर्धक्क भएर इमान्दारपूर्वक गर्नुहोस्।

संविधान कानुन र विधिलाई ख्याल गरेर गर्नुहोस् भन्नुभएको छ,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदको आचारसंहिताबारेसमेत जानकारी गराउनुभएको छ। बैठकका निर्णयहरु प्रवक्तामार्फत मात्र सार्वजनिक हुने भएकाले अरूलाई नभन्नसमेत निर्देशन दिनुभएको छ।’