Ultimate magazine theme for WordPress.

‘जो मान्छे संसद् ढाल्छु भन्दै हिँड्छ मैले कसरी विश्वासको मत दिने ?: दीपक मनाङ्गे

244

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले संसद् विघटन गरेर चुनावमा जानेजस्तो असंवैधानि कदम अरू केही नहुने बताएका छन् । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा विघटन गर्ने भनेको सुनेपछि उनको साथ छोडेको बताएका छन् ।

‘मैले उहाँ (मुख्यमन्त्री गुरुङ) लाई सहयोग पनि गरेको हो, उहाँको सरकारमा गएर । मैले उहाँहरूलाई पहिला पनि भनेको थिएँ तपाईंहरूको ३० सिट पुग्छ भने म मत हाल्छु नत्र हाल्दिनँ’ उनले भन’ संसद् विघटन गरेर चुनावमा जानेजस्तो इलिगल अरू केही पनि हुन सक्दैन ।

जानीबुझी हामीले त्यो गर्नै मिल्दैन ।’उनले आफू मोज गर्न मन्त्री नबनेको बताउँदै सिस्टम बचाउन आफू लाग्ने बताए । उनले संसद् विघटन गर्छु भन्ने व्यक्तिलाई विश्वासको मत दिन नसकेको बताए ।’जो मान्छेले संसद् विघटन गर्छु भनेर डिजाइन गर्छ, उनीहरूले केको आधारमा विश्वासको मत लिन गइरहेका छन् मैले बुझेको छैन,’

उनले भने ‘जो मान्छे संसद् ढाल्छु भन्दै हिँड्छ भने मैले कसरी विश्वासको मत दिने ?’मन्त्री बनेका पाँच/चार जनाका कारणले अरू सांसदहरूले पाँच वर्षसम्म काम गर्न नपाउने स्थिति आउने अवस्था देखेर आफूले मुख्यमन्त्री गुरुङ मत नदिएको उनको तर्क छ ।

उनले विपक्षी गठबन्धनले ३० मत ल्याए आफूले उनीहरूलाई सहयोग गर्ने बताए ।सरकारमै रहेका उनी बिहीबार मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिन नआएपछि प्रहरीले उनको खोजी गरेको थियो । उनीलाई कास्की प्रहरीको टोलीले राति आठ बजे लेकसाइडको बरपिपल रिसोर्टमा भेटेको थियो ।