Ultimate magazine theme for WordPress.

झोलुंगे पुलको शिलालेख फु’टाएर उपाध्यक्षले मार्करले लेखिन् आफ्नो नाम

33

रूपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नराखिएको भन्दै शिलालेख नै तो’डफोड गरेकी छन्। वडा नम्बर ७ मा बनाइएको झोलुंगे पुल बिहीबार उद्घाटन गरिएको हो।

तर पुल नजिकै राखिएको शिलालेखमा उनको नाम थिएन। उपाध्यक्ष कलवारले शिलालेख तो’डफोड गरेर हातैले आफ्नो नाम लेखेकी छन्। यो पुल कूल ७२ लाखको लागतमा निर्माण भएको हो। २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष केशवन्द बानियाँले पुल शिलान्यास गरेका थिए।

शिलान्यास र उद्घाटन गर्दा प्रमुख बानियाँको मात्रै नाम राखिएकोमा उपप्रमुख कलवार अ’सन्तुष्ट थिइन्। आफ्नो नाम शिलालेखमा नराखेकोमा अपमान गरिएको उनले बताइन्। सरकारको लगानी र अध्यक्ष र उपाध्यक्षसहित जनप्रतिनिधिको सहयोगमा पुल बनेकोले शिलालेखमा आफ्नो पनि नाम लेखिनुपर्ने उनको माग थियो।

‘शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र सदस्यको नाम राखियो, उपभोक्ता समितिका अध्यक्षको नाम पनि छ तर मेरो नाम किन राखिएन?,’ उनले प्रश्न गरिन्, ‘महिलालाई सम्मान गर्नुपर्नेमा केवल कागजमा मात्रै सीमित गरिएको छ। म अनुगमन समितिको संयोजक पनि हुँ, तर उद्घाटनमा मलाई जानकारी गराइएन।’

गाउँपालिकाका प्रमुख बनियाँले पुल उद्घाटनको क्रममा भएको घटनालाई सामान्य रूपमा लिनुपर्ने बताए। ‘यस्तो बि’बाद अरू स्थानीय तहमा पनि भइरहन्छ,’ उनले भने, ‘जसले उद्घाटन गर्ने हो उसैको नाम शिलालेखमा राख्ने गरिन्छ, त्यसैले उपाध्यक्षको नाम नराखिएको हो।’

बि’बाद स’माधान गर्न हाल मार्करले उपाध्यक्षको नाम पनि शिलालेखमा लेखिएको र पछि अर्को शिलालेख बनाएर राखिने उनले जानकारी दिए। उपाध्यक्ष कलवारले मार्करले शिलालेखमा नाम लेखेकी थिइन्। यो पुल लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो।

मुख्यमन्त्री शंकर पोखरेलले नै यो पुल उद्घाटन गर्ने तयारी थियो। पछि भौतिक पूर्वाधार मन्त्री सन्तोषकुमार पाण्डेयले पुल उद्घाटन गर्ने भनिएको थियो। तर गाउँपालिका प्रमुख तथा उपप्रमुखका बीचमै बि’बाद भएपछि मन्त्री गएनन्। यो पुलको औपचारिक रूपमा उद्घाटन कार्यक्रम नै रोकिएको छ।

भारतको सीमासँग जोडिएको २० बिगाहभन्दा बढी नेपाली भूमि ड’ण्डा खोलापारी रहेकोले गाउँपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा पुल निर्माण गरेको हो। तर गाउँपालिका प्रमुख र उपप्रमुखको आन्तरिक क’लहले पुल उद्घाटन गर्नु पहिले नै बि’बादमा परेको छ। पुल निर्माण भएपछि ड’ण्डा नदी वारिपारिका करिब पाँच हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सेतो पाटि