Ultimate magazine theme for WordPress.

ललितपुर का’लेश्वरकी मोडल निशाको नर्भिकमा निशुल्क उपचार सुरु

282

ललितपुर । भारतमा दु’र्घटना भई नेपाल फर्केकी ललितपुर कालेश्वर निवासी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा बुधबारबाट उपचार सुरु भएको छ ।

अस्पतालकी निर्देशक मेगा चौधरीले मोडल निशाको अवस्था सामाजिक सञ्जालबाट थाहा पाएपछि ललितपुरको बु’ङ्गमतीबाट थापाथलीस्थित न’र्भिक अस्पताल ल्याई निःशुल्क उपचार सुरु गरेको उनका वावु प्रेमप्रसाद घिमिरेले बताए । ‘

घिमिरेले भने अहिले सुरुआती उपचार निशुल्क लाग्ने भनिए पनि कति समय उपचार हुने र कति खर्च लाग्ने भन्नेबारे अहिले नै टुंगो नलागेको बताए ।मोडलिङ्ग विद्यामा भारतको दे’हरादुनमा डिप्लोमा गर्न गएकी निशाको २०७६ साल १५ गते पौषमा कार दु’र्घटनापछि अस्वास्थ्य अवस्था ना’जुक भएको थियो ।

उनी भारत गएको १ महिना पछि उनको दु’र्घटनाको खबर परिवारलाई आएको थियो । भारतीय प्रहरीलाई उदृत गर्दै घिमिेरेको कार दु’र्घटना भएको बताए । प्रहरीका अनुसार निशा कारमा सवार थिइन् भने उनी चढेको कारलाई ट्रकले ठ’क्कर दिउको थियो ।निशाको २० दिन भारतमै उपचार गरिएको थियो ।

नेपाल ल्याएपछि निशाको २ महिनासम्म विर अस्पतालस्थित ट्र’मा सेन्टरमा २ महिना, बनेपास्थित स्पा’इन इ’न्जु’री अस्पतालमा २ महिना उपचार गरिएको थियो । म्या’नुअल थे’रापी धोविघा’टमा २ महिना थे’रापी गरेपछि घरमै राखेर औ’ष’धि खुवाइएको थियो ।भारतमा दु’र्घटना के कसरी भयो भन्ने विषयमा जानकारी नभएको उनको भनाई छ ।

निशाको उपचारका क्रममा माहाकाल गाँउपालिकाले १ लाख सहयोग गरेको घिमिरेले बताए । सहकारीसँघ संस्थाहरुबाट १ लाख पचास हजारसहित विभिन्न स’घसंस्थाहरुबाटसहित ४ लाख पचास हजार सहयोग पाएको उनको भनाई छ ।घिमिरेले कालेश्वर जग्गा र गाई फ’मको राखेर सहकारीबाट ऋण लिएको उनले बताए ।

पछिल्लो समय को’रोना संक्रमण बढेपछि उनको उपचार डक्टरबाट हुन सकेको थिएन ।मोडलिङ्ग क्षेत्रमा च’म्केकी सुन्दर मोडल घिमिरेको शरिर सु’केर हा’ड र छा’ला मात्रै देखिने अवस्थामा पुगेकी छिन् । उनी ओ’छ्यानबाट उठ्न सक्ने अवस्थामा छैनन् ।निशाले २ दर्जनभन्दा धेरै म्युजिक भिडियो र चलचित्रहरुमा अभिनय गरेकी थिइन् ।