Ultimate magazine theme for WordPress.

गुण्डा नाइके गणेश लामा २ हजार जरिवाना तिरेर छुटे, भनेः ‘राजीव गुरुङले विपक्षी गठबन्धनलाई सहयोग गर्नुहुन्छ’

168

पोखरा-बिहीबार पोखराबाट पक्राउ परेका गुण्डा नाइके गणेश लामा रिहा भएका छन् । २ हजार रुपैयाँ जरिवाना बुझाएर लामा रिहा भएका हुन् ।लामालाई बिहीबार पोखराको क्याटवाक रिसोर्टबाट पक्राउ गरिएको थियो ।

उनीसँगै पक्राउ परेका नेता चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् । पक्राउ गरेका तीनै जनालाई वडा प्रहरी कार्यालय बैदाममा राखेको थियो । राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका गरिएपनि पार्टीको महाधिवेशका लागि पोखरा आएको लामाले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएपछि रिहा गरिएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए । राजनीतिक चलखेलका लागि पोखरा आएको भनाई प्रतिको आपत्ति छ ।लामालाई बिनाकारण पक्राउ गरेको भन्दै कास्की काँग्रेस र उसका भातृ संस्थाहरुले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादती वि’रुद्ध आ’न्दोलनमा उत्रने चे’तावनी दिएका थिए ।

रि’हापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा लामाले पार्टीको १४ औं महाधिवेशनको विषयमा पोखरा आएको बताएका छन् । उनले भने ‘यही विषयमा पार्टीले मलाई नेपाली कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीलाई सहयोग गर्न पठाएको हो ।’अहिलेको अलोकतान्त्रिक सरकारले अ’लोकतान्त्रिक कदम चालेको बताउँदै उनले ‘एमाले सि’द्धिन लागेको’ टिप्पणी गरे ।

लामा केही समय अगाडि गु’ण्डा नाईकेको रुपमा परिचित थिए ।गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन गु’ण्डा नाइकेको छविबाट सांसद बनेका दीपक मनाङ सम्पर्कविहीन बन्नु र गणेश लामा पोखरामा पक्राउ पर्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।