Ultimate magazine theme for WordPress.

भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

77

एजेन्सी – भारतले आफ्ना नागरिकहरुलाई आफ्नो देशको भ्रमण गर्नका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । आफ्नो मुलुकमा पनि चि’नियाँ नागरिकहरुलाई प्रवेश दिन तयार रहेको समेत भारतले जनाएको छ । दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको विदेश मन्त्रालयले चिनियाँ ना’गरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चि’नियाँहरूको लागि सहजै आवत–जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ ।

चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भा’रतीय ना’गरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । हिजो भारत समेतले आफ्ना ना’गरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।