मंगलबार १८ आश्विन २०७९

काठमाडौँ- मृ’त व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम सृजना गरेको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कंचपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी जानकारी दिए ।

बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले ‘मृ’त्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुन्धान थालेको थियो ।

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुटवलका प्रहरी प्रमुख केसीले बताए ।

भिडियोमा होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले केही बेरमा भुइँमा सुतेकी महिला उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृ’त्यु भएकी महिलालाई पुन: जीवित गराएको’ भन्दै ‘यशुलाई धन्यवाद दिन’ भनेको सुनिन्छ ।

भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँचरछ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अप्रमाणित कुरा देखाएर समाजमा भ्रम छर्न नपाइने भएकाले अनुसन्धान गरी दोषीलाई कानुन वमोजिम कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।


Last Updated on: August 22nd, 2022 at 3:37 pm

तपाईको प्रतिक्रिया