Ultimate magazine theme for WordPress.

असार २५ गते शुक्रबार, हेर्नुहोस तपाइको राशिफल

228

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- गणेसको दृष्टि पर्नाले तपाइको दिन मिश्रित फलादाही हुनेछ। नयाँ कार्यको लागि प्रेरणा मिल्नाले नयाँ कमको थालनी हुनेछ । भोलिको दिन तपाइको मन चाडै परिवर्तन हुनेछ तर मन दुबिधामा हुनेछ ।

भोलिको दिन तपाइले नोकरी तथा व्यवसायमा प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुन्छ । भोलि तपाइलाई कुनै निश्चित काम गर्नको लागि प्रेरणा मिल्नेछ । छोटो यात्राको योग रहेको छ। भोलिको दिन महिला वर्गको लागि भने संयम रहन पर्ने हुन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)-हातमा आइसकेको अवसर पनि समयमा निर्णय लिन नसक्दा गुम्न सक्छ । बिभिन्न सोचम हराउनाले सहि निर्णय लिन सक्नु हुनेछैन । भोलिको दिन कुनै पनि शुभ कार्य नगर्नु उचित हुनेछ । तपाइको जिद्धि स्वभावको कारण कठिन परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)-भोलिको दिन प्रफुलितमन र शुबिचारको साथ् सुरुवात हुने छ । भोलि परिवार सँग बसेर भोजन गर्ने अवसर मिल्ने छ। नया वस्त्रको धारण गर्ने अवसर मिल्ने छ । आर्थिक दृस्टीले भोलिको दिन तपाइको शुभ रहेको छ । खर्चमा नियन्त्रण गर्न पर्ने हुन्छ । मन बाट नकारात्मक सोच हराउने छन् । तपाइलाई प्रियजन तथा मित्र बाट बिशेस उपाहार पाउनाले मन प्रफुलित हुने छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो-भोलिको दिन मानसिक तनाब बढ्ने छ । भोलि तपाइको मन बिचलित हुनाले कुनै निश्चित निर्णय लिन सक्नु हुन्न। पारिवारिक कार्यमा खर्च बढ्ने छ । झगडा बाट टाढा रहनु होला। समस्याको समाधान गर्न सक्नु हुनेछ । अस्वस्थताको कारण धन खर्च हुन् सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)-भोलिको दिन तपाइको राम्रो हुनेछ। मनमा दुबिधा बढ्नाले प्राप्तहुन लागिसकेको अवशर पनि गुम्न सक्छ। भोलिको दिन कुनै पनि नयाँ कार्यको थालनी नगर्नुहोला। स्त्री मित्रसँग भेट हुनेछ। साथिहरुसंग यात्राको योग बन्ने छ । व्यापारमा लाभ हुने छ । साथै धन प्राप्ति हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)-भोलिको दिन तपाईको लागि शुभ हुनेछ। भोलिको दिन नया कार्य थालनी गर्नाले सफलता मल्नेछ। व्यापारी र भुक्तान कर्मचारीहरु को लागी भोलिको दिन लाभ दाएक हुनेछ । धन तथा मान सम्मान मिल्ने योग छ। परिवारमा सान्ति छाउने छ । सरकारी क्षेत्रमा गरेको कार्य सम्पन्न हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)-भोलि तपाई बौद्धिक र लेखन कार्यमा सक्रिय हुनुहुनेछ । नयाँ कार्यको थालनी गर्न भोलिको दिन राम्रो रहेको छ । व्यापार बेवसायमा लाभ हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ सजग रहनु होला । सन्तानको बिषयमा दुबिधा हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)-भोलिको दिन बिशेस सावधानी अपनाउनु होला । नयाँ कार्यको थालनी नगर्नु होला । भोलि आफ्नो क्रोधलाइ सम्यम राख्नु होला । कुनै पनि नयाँ सम्बन्ध बनाउनु भन्दा पहिले सोच्नु होला । खर्च बढ्न सक्छ । परमेश्वरको उपासना र स्मरण गर्नाले लाभ मिल्न सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)-भोलि तपाइको दिन आनन्द तथा शुखमय हुने छ । भोलि तपाइ रमाइला कार्यमा सहभागी हुने अवसर मिल्ने छ । बिपरती लिंगी संगको भेट रमाइलो हुनेछ । लेखन कार्यको लागी दिन राम्रो रहेकोछ । बौद्धिक र तार्किक बिचार आदान प्रदान हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)-तपाईको व्यवसाय भोलि विस्तार हुन सक्छ। पैसा को लेनदेनमा सजिलो हुनेछ। घरमा शान्ति र रमणीय वातावरण हुनेछ। उचित स्थानमा पैसा खर्च हुन् सक्छ । काममा सहयोग प्राप्त हुनेछ । सत्रुसँग बिजय भइन्छ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)-भोलि कुनै पनि नयाँ कार्यको थालनी नगर्नु होला । भोलि महिला बर्गकोलागि बोलिमा संयमता अपनाउनु होला । सकेसम्म यात्रा नगर्नुहोला । सन्तानको प्रश्नको कारण चिन्तित हुन सकिन्छ। लेखन तथा सिर्जनात्मक कार्यको लागि दिन राम्रो रहेको छ । पेट सँग सम्बन्धि समस्या हुन् सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)-भोलिको दिन खासै उत्साह जनक हुने छैन । पारिवारमा सदस्यसँग झगडा हुन सक्छ । आमाको स्वास्थ्य बिग्रन सक्छ जसको कारण चिन्ता बढ्न सक्छ। शारीरिक र मानसिक स्वास्थ्य बिग्रन सक्छ। महिलाहरूसँग व्यवहार गर्दा होशियार रहनु होला । स्थिर सम्पतिको प्रयोग गर्दा सावधानी अपनाउहोला ।