Ultimate magazine theme for WordPress.

हरेक हप्ता यसरी रिलिज हुन्थे ‘पो र्न’ फिल्म, दैनिक ६-७ लाख कमाउँथे राज कुन्द्रा !

1,486

व्यवसायी राज कुन्द्राका विषयमा अब कैयौं नयाँ खुलासा भएका छन् ।पछिल्लो जानकारी अनुसार राज कुन्द्रा एक यस्तो ह्वाट्सएप ग्रुपका सदस्य थिए जसमा पो -र्न फिल्मसँग सम्बन्धित पूरै व्यवसायका बारेमा चर्चा हुन्थ्यो । यो ह्वाट्सएप ग्रुपको नाम एच अकाउन्ट हो ।

यसमा राज कुन्द्रासहित अन्य ५ नामी व्यक्तिहरु पनि थिए ।यी सबैजना पो-र्नोग्राफिक कन्टेन्ट बनाउने व्यवसायमा सहभागी थिए । यी व्यक्तिहरुको ह्वाट्सएप च्याट पनि सार्वजनिक भएको छ जसमा राज कुन्द्रा यो व्यवसायको मार्केटिङ, सेल्स र मोडललाई दिनुपर्ने पैसाजस्ता विषयमा कुरा गरिरहेका छन् ।

उनले कसरी रिभेन्युमा केन्द्रित हुने, मोडलहरुलाई कसरी पैसा दिने भन्ने विषयमा पनि उनले कुरा गरेका छन् ।मुम्बइ पुलिसको क्रा-इम ब्रान्चले फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई प क्राउ गरेको थियो । राज कुन्द्राविरुद्ध गएको फेब्रुअरीमा के स दर्ता गरिएको थियो ।

उनीमाथि पो -र्नोग्राफिक कन्टेन्ट बनाउने र त्यसलाई मोवाइल एपमा प्रकाशित गर्ने व्यवसायमा संल-ग्न भएको आ-रोप छ ।मुम्बइ पुलिसले राज कुन्द्राविरुद्ध कैयौं प्रमाण भेटिएको दावी गरेको छ । सोमबार राती करिब ९ बजे क्रा-इम ब्रान्चको अफिस भायखाला पुगेका राज कुन्द्रालाई २ घण्टा सोधपुछपछि पुलिसले गि-रफ्तार गरेको थियो ।

अ-श्लील फिल्म बनाएर तिनीहरुलाई ओटिटी प्लेटफर्ममा अपलोड गरेको आरोपमा पुलिसले कैयौं अहम सुराग भेटेको छ । मुम्बइ पुलिसका अनुसार फिल्म उद्योगमा काम खोज्दै मुम्बइ आएका युवतीहरुलाई ठूलो फिल्ममा रोल दिने लोभमा फ-साइन्थ्यो । हरेक हप्ता अ-श्लील फिल्म रिलिज गरिन्थ्यो ।

फिल्म बनाएपछि एप र ओटिटी प्लेटफर्ममा रिलिज गरेर लाखौं कमाइन्थ्यो ।फिल्म बनाउन मुम्बइको मलाड वेस्टमा एउटा बंगला भाडामा लिइएको थियो । जतिबेला यो बंगलामा छा-पा मा-रियो त्यतिबेला पनि यो बंगलामा अ-श्लील फिल्मको सुटिङ भइरहेको थियो ।

भारतीय मिडियाले मुम्बई क्रा-इम ब्रान्चका अफिसर्सको भनाई उदृत गर्दै उल्लेख गरे अनुसार, राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेका थिए । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको थियो ।

प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको छ ।राजले विभिन्न देशबाट यूवतीहरुलाई अडिसनका लागि बोलाउने गर्दथ्य । यसपछि, अडिसनबाट छनोट भएका यूवतीहरुको सुरुवातमा सेमी न्यू-ड भि-डियो खिचिन्थ्यो । पछि, उनीहरुलाई न्यू-ड भिडियो खिच्नका लागि दबाब दिइन्थ्यो ।

कतिपय यूवतीले भने उनीहरुको कुरालाई अस्विकार गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।लण्डनमा बस्दै आएका आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाउने गरेका थिए । भारतमा पो-र्न भिडियो बनाउनु गैह् कानुनी भएका कारण बेलायतबाट हटसट नामक एपमा भिडियो सार्वजनिक गरिन्थ्यो ।

शर्लिन चोपडासँग राज कुन्द्राको सम्झौता-यो केसमा नयाँ नयाँ कनेक्सन सार्वजनिक भइरहेको छ । यो केसमा शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग कनेक्सन देखिएको छ ।महाराष्ट्र साइबरको स्रोतका अनुसार यो केसमा नायिका शर्लिन चोपडा र पूनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो ।

उनीहरुको बयान महाराष्ट्र साइबरद्वारा दर्ता गरिएको थियो जहाँ कथित रुपमा दुबै नायिकाले कुन्द्राविरुद्ध आ-रोप लगाएका थिए । राज कुन्द्राले अघिल्लो वर्ष अदालतबाट अंतरिम जमानत पाएका थिए ।भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शर्लिन चोपडाको राज कुन्द्राको कम्पनी आर्म्सप्राइम मिडियासँग सम्भौता थियो ।

यो कम्पनीले भारत बाहिरका कम्पनीका केही एपका लागि अ- श्लील सामग्री उपलब्ध गराउने गर्दथ्यो ।’उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पो- र्नोग्राफीसहित आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम खासै राम्रो चलिरहेको थिएन र केही समयपछि शर्लिनलाई कुन्द्राले स-म्पर्क गरे ।

राज कुन्द्राले चोपडालाई उनलाई नाफाको ५० प्रतिशत पाइने बताएका थिए । यो सम्झौतामा राज आफैंले हस्ताक्षर गरेका थिए ।जून २०१९ र जुलाई २०२० को बीचमा उनले राम्रो कमाई गरिन् । यद्यपि, शर्लिनले आफूलाई सम्झौता अनुसार पैसा नदिएको महसुस भयो त्यसैले उनले एक वर्ष पछि सम्झौता समाप्त गर्न भनिन् ।

शर्लिनले पुनः आफ्नै एप बनाइन् र केही महिनासम्म यसले राम्रो व्यापार गर्यो ।तर अगस्ट सन् २०२० मा उनको सामग्री चो रिँदै थियो र उनी आफैंले यसबारे उजुरी दर्ता गरेकी थिइन् । फेब्रुअरी सन् २०२१ पछि उनले एक बयान साझा गर्दै राज कुन्द्राले आफूलाई पूर्ण रुपमा पो-र्न इन्डष्ट्रिमा धकेलिदिएको बारे बताइन् ।