बुधबार २० मंसिर २०८०

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुन्डा नाइके योगराज ढकाल (रिगल) लाई आममाफी दिने निर्णय बदर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश समेत दिएको छ । आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ ।

अदालतको आदेशसँगै प्रहरीले रिगललाई खाेज्न प्रहरी हायर गरिसकेकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरीले रिगललाई खाेज्ने कार्य अगाडी बढाइसकेकाे छ । उनलाई तत्कालै प्रहरीले पक्राउ गरेर कारकागारमा बुझाउने उनले बताए ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

आफ्ना श्रीमान्‌को हत्या गर्ने योग ढकाल (रिगल) को कैद सजाय मिनाहा भएपछि सर्वोच्च अदालत पुगेकी भारती शेर्पाले मुद्दा जितिन ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका रिगलको बाँकी कैदसाजय मिनाहा गरेपछि भारती सर्वोच्च मात्र पुगेकी थिइनन्, अनशनमा समेत बसेकी थिइन् ।

बिहीबार सर्वोच्चले उनको कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्दा परमादेशको फैसला सुनाउँदा सर्वोच्चमा रहेकी भारती रोइन् ।


Last Updated on: November 2nd, 2023 at 4:17 pm

२९०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया