Ultimate magazine theme for WordPress.

भुटानले एक हप्तामै ९० प्रतिशत ना’गरिकलाई को’रोनाविरुद्धको खोप लगायो

117

काठमाडौं– भुटानले आफ्नो देशका ९० प्रतिशत खोप लगाउन यो’ग्य व्यक्तिलाई एक हप्ताभित्रै काे-भि’ड १९ (को’रोना भाइरस) वि’रुद्धको खोप लगाएको छ ।

जुलाई २० देखि २७ अर्थात् हिजो मङ्गलवारसम्ममा खो’पयोग्य ९० प्रतिशत ना’गरिकलाई खोप लगाएको भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ ।खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले काे’राेनािवि’रुद्धकाे खोप लगाएको छ ।

उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो ।भुटानको जनसङ्ख्या झन्डै आठ लाख रहेको छ । भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो ।संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले भुटानमा तीव्र गतिमा सञ्चालन गरिएको खोप कार्यक्रमलाई सफलताको कथा आशाको किरण भएको बताएको छ ।

युनिसेफका भुटानी प्रतिनिधि विल पार्क्सले यसलाई सम्भवतः विश्वकै छिटो खोप अभियानमध्येको एक भएको बताउनुभएको हि’न्दुस्तान टाइम्सले जनाएको छ । भुटानकाे स्वास्थ्य मन्त्रालयका अनुसार यस अभियानमा विभिन्न देशले दानमा दिएका काे’राेना खाेपकाे प्रयाेग गरिएकाे थियाे ।