Ultimate magazine theme for WordPress.

अमेरिकामा पनि भिडियोमा काम गर्दै नन्दिता केसी

110

नायिका नन्दिता केसी अमेरिका गएको केही बर्ष भयो । नयाँ पुस्ताका दर्शकले नन्दितालाई विर्सिसकेका छन् । अमेरिकामा रहेर आफ्नै दैनिकीमा व्यस्त नन्दिता दर्शकमाझ आउने प्रयास भने गरिरहेकी छिन् ।

उनले, म्यूजिक भिडियोमा अभिनय गर्नु पनि यसको एउटा उदाहरण हो । हिमाल सागरको ‘तिमी छौं र’ बोलको गीतमा नन्दिताको अभिनय देख्न पाइन्छ । पूर्ण लम्साल र नन्दिताको अभिनय रहेको यो भिडियोलाई अमेरिकाका विभिन्न स्थानमा खिचिएको छ ।

हिमालको स्वर, शब्द तथा संगीतमा गीत तयार भएको हो । भिडियोमा शैलेश घलेको छायांकन, भरत रेग्मीको सम्पादन, बिक्की पुलामीको निर्देशन छ । म्यूजिक भिडियोमा अभिनय गरेकी नन्दिताले चलचित्रमा कमब्याकको बिषयमा भने केही पनि बोलेकी

छैनन् । तर, उनले नेपाल आएको समयमा भने नेपाली चलचित्र र अभिनयलाई आफूले नविर्सिएको बताउँदै आएकी छिन् ।