Ultimate magazine theme for WordPress.

शशांक कोईराला र गगन थापा चढेको हेलिकप्टर आकष्मिक अवतरण

272

नेपाली कांग्रेसका महामन्त्री शशांक कोईराला र नेता गगन थापा चढेको हेलिकप्टर मकवानपुरको बकैयामा आकष्मिक अवतरण गरेको छ। रौतहटबाट काठमाडौं फर्कने क्रममा खराब मौसमका कारण मकवानपुरको बकैया गाउँपालिकामा आकाष्मिक अवतरण भएको महामन्त्री कोईरालाका स्वकीय सचिव भरत तिवारीले बताए।

हेलिकप्टरमा कांग्रेस नेताहरू कोईराला, स्वकीय सचिव तिवारी, नेता गगन थापा, रौतहटका सांसद देविप्रसाद गौतम लगायत चढेका थिए। ‘पानी परिरहेकोले खराब मौसमका कारण काठमाडौं जान नसकेर हेलिकप्टर बकैयामा आकष्मिक अवतरण गरेको हो’ तिवारीले भने, ‘अहिले हामी त्यहाँबाट हेटौँडा आइपुगेका छौं। सबै सकुशल छौं।’

थप समाचार – बागमती प्रदेशका मुख्यमन्त्री तथा एमालेका नेता डोरमणि पौडेलले एमालेप्रति आम नेपालीको विस्वास बढेको वताउनु भएको छ । नेकपा एमालेमा प्रवेश गराउँदै उहाँले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको एमालेको सरकारले गरेको ऐतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको वताउनुभयो ।

ओली नेतृत्वको सरकार र बागमती सरकारले राम्रा काम गरेको मुख्यमन्त्री पौडेलको दावि छ ।एमाले पार्टी कार्यलय मकवानपुर मा आयोजित पार्टी प्रवेश कार्यक्रममा हेटौंडाका आज एक सय जना युवाहरुलाई नेकपा एमालेमा प्रबेश गरेका थिए । कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, एमालेका नेता अनन्त पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।