Ultimate magazine theme for WordPress.

जापानमा एकैदिन ९ हजार बढीमा को’रोना संक्रमण पुष्टि

60

टोकियो । जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलो पटक भएको जनाएको छ ।विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।

यसअघि मङ्गलबार दुई हजार ८४८ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयलाई उद्दृत गर्दै एनएचके समाचार सस्थाले उल्लेख गरे अनुसार जुलाई २८ तारिख बुधवार साँझसम्ममा ९ हजार संक्रमित पार भएको छ ।

यो संख्या जापानमा को’रोना भाइरस संक्रमणको सुरुवात यताकै दैनिक संक्रमितको उच्च संख्या हो ।विवरण अनुसार पौने सात बजेसम्ममा जापानमा ९ हजार ५ सय ७६ जनामा को-भि’ड-१९ संक्रमण पुष्टि भएको छ । जापानमा हालसम्म दैनिक संक्रमितको सर्वाधिक संख्या गत जनवरी ८ मा ७, ९५७ जना रहेको थियो ।

गत जनवरीमा दैनिक संक्रमितको संख्या ५ हजार पार भएपछि देशभर आपतकाल घो’षणा गरेको जापानमा फेरी आ’पतकाल लाग्ने सम्भावना बढेको छ । हाल ओकिनावा र टोकियोमा मात्र आपतकाल रहेको छ । यसबाहेक ओसाका, खानागावा, चिबा, साइतामा र चिबामा अर्ध आ’पतकालिन उपाय लागू गरिएको छ ।