Ultimate magazine theme for WordPress.

लामो समय को’रोना महामारीबाट अति प्रभावित नयाँ दिल्लीमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिए

46

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । लामो समय को’रोना भाइरसको म’हामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो ।

दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा को’रोनाभाइरसका कारण थप तीन जनाको मृ’त्यु भएको छ । नयाँ दिल्लीमा को’रोनाभा’इरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन् । ती मध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कूल सङ्क्रमितमध्ये १४ लाख १० हजार ४७१ जना सङ्क्रमणमु’क्त भएका छन् । तीमध्ये ६१ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमु’क्त भएका हुन् । नयाँ दिल्लीमा पछिल्लो एक दिनमा ५२ हजार ५३३ जनाको को’रोना परीक्षण गरिएकामा ०.०९ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको थियो ।

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अहिलेसम्म को’रोनाभाइरसका कारण २५ हजार ४९ जनाको मृ’त्यु भएको छ । कूल सङ्क्रमितमध्ये १.७४ प्रतिशतको मृ’त्यु भएको देखिएको छ ।