
काठमाडौं । नेपाल प्रहरीका पूर्वएआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ ।
उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।
उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत सार्वजनिक भएको छ ।
पूर्वएआइजी चन्द डिर्भोसी हुन् भने बराल एकल महिला रहेको बताइएको छ ।
५९ वर्षीय चन्द र ४२ वर्षीया बरालले बिवाह गर्ने सहमति गरेका हुन् । पूर्व एआईजी चन्दकी श्रीमती र बरालका श्रीमान दुवैजनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
केही दिनअघि चन्द र बराल एक रेष्टुरेन्टको गोप्य कोठामा बसिरहेको फेला परेपछि उनीहरूबीचको सम्बन्ध सार्वजनिक भएको थियो ।
सम्बन्ध सार्वजनिक भएपछि उनीहरूले बिवाह गर्ने सहमति गरेका हुन् ।