शनिबार १६ मंसिर २०८०

काठमाडौँ – नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीलाई आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा फर्काउने प्रयास जारी छ। केहि दिन अगाडी घाइते भएका उनी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा फिर्ता हुने केहि झिनो सम्भावना छ।

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भैइरहेको बताए।

ओमानसँगको खेलपछि पत्रकार सम्मेलनमा चोटग्रस्त दीपेन्द्रसिंहको विषयमा प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा देसाईले ऐरीलाई टोलीमा फर्काउन सबै प्रयास भैइरहेको उल्लेख गरे। अहिले नै केहि भन्न सकिने अवस्था नरहेको देसाईको भनाई छ।

“हामी अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने सक्दैनौँ। तर, उनलाई फर्काउन धेरै प्रयास भइरहेका छन्। किनकि यो उनको करियरका लागि पनि आवश्यक छ,”प्रशिक्षक देसाईले भने।

दीपेन्द्र चोटका लागि यस प्रतियोगितामा खेल्न सकिरहेका छैनन्। उनी सिंगापुर विरुद्धको खेलका लागि अभ्यास गर्नेक्रममा घाइते हुने पुगेका थिए। उनको खुट्टामा समस्या देखिएको बताइएको छ।

ऐरीले बिहिबार सामान्य प्रशिक्षणमा सहभागी भएका थिए। बिहिबार ओमान विरुद्धको खेल अगाडी ऐरीले नेट्समा ब्याटिङ अभ्यास गरेका थिए। उनी सेमिफाइनलमा खेल्ने झिनो सम्भावना बाँकी छ।


Last Updated on: November 2nd, 2023 at 11:36 pm

३९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया