
काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ।
प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।
प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् विज्ञापन