Ultimate magazine theme for WordPress.

भोलिदेखि युएईमा नेपालीलाई प्रवेश खुला

84

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ ।युएईले भोलि बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

थप -पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनको लागि अमेरिका पुगेकी छिन्। साउन १८ गते अर्थात् सोमबार बेलुकी उनि अमेरिका उडेकी हुन्। अमेरिका पुगेसंगै उनले आफ्नो आमा-बाबु र हजुरबुवालाई सम्झेकी छिन् ।

उनले सामाजिक संजालमा ‘मिस यु’ भन्दै आमा-बाबु र हजुरबुवाको तस्विर समेत शेयर गरेकी छिन्। पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गरेकी छिन् ।उनलाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बानिया र परिवारका केही सदस्यले बिदाई गरेका थिए ।

बिदाईका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिएका थिए ।श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिएकी थिइन् ।

श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छिन् ।‘मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा थिइन् ।विशेषगरी, उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।श्रृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्यूटी पेजेन्टमा निर्णायकको रुपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।उनका प्रेमी सिसन उनी जानेबेलामा भाबुक भएका छन् । उनीहरुको प्रेम एयरपोर्टमा नै देखिएको थियो ।