
काठमाडौं । नेपालले घरेलु मैदानमा जारी आईसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा आज (शुक्रबार) युएईको सामना गर्दैछ ।मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज हुने नेपाल र युएईबीचको सेमिफाइनल खेल बिहान ११ बजेबाट शुरु हुनेछ ।
आजको खेल जित्ने टोलीले २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने आईसीसी टि २० विश्वकपमा स्थान बनाउने छ । घरेलु समर्थकको साथमा युएईविरुद्ध मैदानमा उत्रिदै गर्दा नेपाल आजको खेल जित्दै ९ वर्षपछि पुनः विश्वकपका पुग्ने दाउमा हुनेछ ।
यसअघि सन् २०१४ को विश्वकप खेलेको नेपाल त्यसपअछि पहिलो पटक विश्वकपको संघारमा पुगेको हो ।