
कञ्चनपुर- कञ्चनपुरमा प्रेम सम्बन्धमा रहेका एक जोडी युवा युवती आइतबार मृ’त भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र वडा नम्बर ५ की १८ वर्षीया पूजा देउवा मृ’त भेटिएका हुन्।
उनीहरु आ–आफ्नै घरमा झु’ण्डिएको अवस्थामा मृ’त भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बताए। उनका अनुसार केही दिनअघि दिनेशले भगाएर पूजालाई आफ्नो घर लगेका थिए।
त्यसपछि किशोरीको परिवारले विवाहको उमेर नपुगेको भन्दै ईलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरेको थियो। शुक्रबार छलफल पश्चात दुवैको उमेर नपुगेको भन्दै प्रहरीले अभिभावकको जिम्मा लगाएको थियो।
‘दिनेशले पूजालाई भगाएर घर लगेपछि अभिभावकले किशोरीको बिहे गर्ने उमेर नपुगेको भन्दै दुवै जनालाई ईलाका प्रहरी कार्यालय गुलरियामा लगेका थिए,’ प्रहरी निरीक्षक गिरी भन्छन्, ‘त्यहाँ सहमतिमा दुवै जनालाई आ–आफ्नो परिवारको जिम्मा लगाइएको हो।’
प्रहरीका अनुसार पूजालाई सोही दिन र दिनेशलाई शनिवार करिब ११ बजेतिर छाडिएको थियो। दुवै जना छुट्टिएपछि दिनेशले आइतवार बिहान आत्मह’त्या गरेका हुन्।
प्रेमीको यो खबर सुनेपछि प्रेमिका पूजाले पनि दिउँसो आत्मह’त्या गरेको प्रहरीले जनाएको छ। दिनेश कक्षा १२ र पूजा ९ कक्षामा अध्ययनरत थिए।
लामो समयदेखि प्रेममा रहेका उनीहरुले आफूहरुकाबीच घर, परिवार र जात तगारो बनेको महशुस गरेपछि आत्मह’त्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।