
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेलको टिकट ‘सोल्ड आउट’ भएको बताएको छ ।
आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने सेमिफाइलनमा नेपाल र युएई मुलपानी माथिल्लो मैदानमा हुँदैछ । खेल ११ बजे सुरु हुने छ ।
क्यानले खेल सुरुहुन तीन घण्टा अघि नै टिकट सकिएको बताएको हो । यसअघि क्यानले बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै घरमै बसेर खेल हेर्न समर्थकलाई आग्रह गरेको छ ।
मुलपानीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालको क्रिकेट मैदानमा जती दर्शन नअट्ने भएकाले क्यानले घरबाटै खेल हेर्न आग्रह गरेको हो ।
क्यानले नेपाल र युएईबीचको खेलका लागि ३ हजार पाँच सय टिकट मात्र ब्रिकी गरिने जनाएको थियो ।
यसैगरी क्यानले कसैका लागि पनि पास वितरण नगरिएको बताएको छ ।
समूह चरणको अन्तिम खेलमा ओमानसँग पाँच रनले पराजित हुँदा नेपाल समूह ‘ए’ को उपविजेता बनेको थियो । युएई समूह ‘बी’ को विजेता हो ।
यदी नेपालले ओमनालाई हराएको भए समूह विजेताका रूपमा कीर्तिपुरमा सेमिफाइनल खेल्ने थियो ।
आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदा कीर्तिपुरमा ओमान र बहराइनबीच भिडन्त हुनेछ । दुबै खेलका विजेता फाइलनसँग सँगै आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।