Ultimate magazine theme for WordPress.

जापानमा बसेर मातृभुमि चिनाउँदै अनिस

39

नागोया – अध्ययन, व्यवसाय अनि रोजगारीको शिलशिलामा विदेश आउने केहिले मात्रै विभिन्न माध्यमद्वारा आफ्नो मातृभुमि समेत चिनाउने गर्दछन्। ति मध्येका एक अनिस खरेल पनि हुन्।

उनले जापानमा आफ्नो अध्ययन संगै बक्सिङ्ग खेलमा लागेर सफल हुँदैं आफू अनि नेपाललाई चिनाउन लागिपरेका छन्। १३ वर्ष अगाडी देखि जापानमा स्कूल पढदैं उनी यस खेलमा लागेको बताउँछन्। यस खेलमा जहिले पनि विजयी हुने आफ्नो लक्ष्य रहेको अनिस बताउँछन्।

गैंडाकोट स्थायी घर भएका अनिस अहिले २३ वर्षका भए । उनका दाई, बुवा र आमा पनि जापानमै रहेका छन्। अनिसले अहिले सम्म खेलेका १५ वटा खेलहरु मध्ये ११ वटामा जितेको र ४ वटामा हारेको बताउँछन्। अहिले आफू प्रोफेशनल खेल खेलिरहेको उनको भनाई छ।

उनले अगष्ट ८ तारिक फुजीमाकी ग्रुपले आयोजना गरेको राष्ट्रिय स्तरको बक्सिङ्ग प्रतियोगितामा जापनिज बक्सर खेलाडी यामाजाकी हायातोसंग नागोया स्थित चिरु शहरमा सुपर फाईट अर्न्तरगत निकै प्रतिप्रधात्मक खेलमा भने हार व्यहोर्न परेको थियो।खेलमा हारे ता पनि प्रतियोगितामा उनको खेलले उपस्थित नेपाली अनि जापनिज दर्शकहरूको हाईहाई पाएको थियो।

उनका बुवा अर्जुन खरेल अनिसले बक्सिङ्ग खेलको माध्यमद्वारा आफूसंगै नेपाल र नेपाली चिनाउन सफल होस् भन्ने चाहना भएको र उनको हरेक खेल गतिविधीमा सधै साथ र सहयोग दिने गरेको बताउँछन् । जापानमा हुने गरेको बक्सिङ्ग प्रतियोगिताहरुमा नेपाली समुदायबाट हौसला प्रदान हुने गरेको बताउँदैं खरेलले सबैलाई धन्यवाद दिएका छन्।

अनिसकी आमा वसुन्धरा खरेल भने सुरुमा बक्सिङ्ग खेल भन्ने वित्तिकै आफूलाई डर लाग्ने गरेको तर छोराको ईच्छा बक्सिङ्ग खेलमा लाग्ने भएको बताउदैं अहिले खेलेकै माध्यम धेरैले छोरालाई चिन्ने गरेकोमा खुशी व्यक्त गरिन । अनिसले अहिले जापानको नागोया शहरमा आफ्नो काम संगै बक्सिङ्ग खेलमा नियमित प्रशिक्षण गर्दै आईरहेका छन्।