बुधबार २० मंसिर २०८०

काठमाडौँ : नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले नयाँ खेलाडीको जन्म भएको बताएका छन्। टी-२० विश्वकप छनोटको अन्तिम समूह चरण खेल पश्चात कुराकानी गर्नेक्रममा देशाईँले ओमानसँग पराजित भए पनि नेपाली टिमले विवेक यादवको रूपमा नयाँ खेलाडी पाएको बताएका हुन्।

‘नराम्रोमा पनि एउटा कुरा राम्रो हुन्छ,’ खेलको नतिजापछि उनले पत्रकारहरूसँग कुरा गर्दै भने’ हामीले एउटा अर्को खेलाडी भेटाएका छौँ। आज विवेकको अप्रोच देखेर निकै खुसी छु।’

ओमान विरुद्ध धेरै पछि परिसकेको अवस्थामा विवेकले नेपाललाई जित नजिक पुर्याएका थिए। ओमानलाई पराजित गर्न अन्तिम ओभरमा २६ रन चाहिएको थियो।

उनले नेपालका लागि विवेकले लगातार ३ छक्का हानेर गुमिसकेको खेललाई लयमा ल्याउने प्रयास गरेका थिए। उनी चौथो बलमा आयान खानको हातबाट क्याच आउट हुन पुगे। नेपाल अलआउट हँदै युएईसंग ५ रनले पराजित भयो।


Last Updated on: November 3rd, 2023 at 10:35 am

४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया