Ultimate magazine theme for WordPress.

अचम्मै भयो: मेस्सी र रामोस बीच यस्तो मित्रता, भिडियो देखेर सारा विश्व नै भयो चकित [भिडियो सहित]

71

पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीको पीएसजी खेलाडीका रूपमा पहिलो प्रशिक्षण सत्रको भिडियोमा एक क्लिप देख्न मिल्यो जुन सारा फुटबल जगतका लागि नयाँ हुनेछ। भिडियोको एक क्लिपमा मेस्सीले रामोसलाई अंकमाल गरेको देख्न सकिन्छ

जुन सायदै कुनै फुटबल समर्थकले सोचेको थियो। फुटबल जगतकै एक ऐतिहासिक हप्ता जुन समयमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले २१ वर्षपछि बार्सिलोना छाड्ने घोषणा गर्छन् र फ्रेन्च क्लब पीएसजीसँग अनुबन्ध हुन्छन्। सम्झौता हस्ताक्षर गर्ने र

आधिकारिक रूपमा खेलाडी सार्वजनिक कार्यक्रम सकिएपछि बिहिबार पहिलो पटक ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी पीएसजीको प्रशिक्षणमा सामेल भए। पीएसजी खेलाडीको रूपमा मेस्सीको पहिलो प्रशिक्षण सत्रको भिडियोले अहिले संसारभर नै निकै चर्चा पाइरहेको छ।

उक्त भिडियो भित्रको पनि एक क्लिप निकै चर्चामा रहेको छ जसमा पूर्व रियल म्याड्रिड कप्तान सर्जियो रामोस र लियोनल मेस्सी एक-अर्कालाई अंकमाल गर्दै गरेको देखिएको छ । रियल र बार्सिलोनामा हुँदा एक-अर्कासँग युद्द गर्न समेत पछि नपर्ने यी दुई खेलाडीलाई एकसाथ यसको अवस्थामा देख्नु धेरैको लागि सामान्य कुरा भने हैन। भिडियो