Ultimate magazine theme for WordPress.

अफगानिस्तानबाट थप नेपाली मंगलबार राति आउँदै

62

अफगानिस्तानबाट उद्धार गरिएका थप नेपाली नागरिक मंगलबार राति नेपाल आइपुग्ने भएका छन्। अफगानिस्तानबाट उद्धार भई कुवेत आएका थप नेपाली नागरिकहरू मंगलबार राति चार्टर विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार बिहान ११८ जना नेपाली काठमाडौं आएका छन्। उनीहरूलाई सामाखुसी स्थित नेपाल सरकारले व्यवस्थापन गरेको हो’ल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार को-भि’ड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

उनीहरुको साथमा सोही उडानबाट आएका ९ जना भारतीय नागरिक कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी काठमाडौंस्थित भारतीय दूतावासका पदाधिकारीलाई जिम्मा लगाइएको छ। कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ ५ बजेसम्म २५६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गरेका छन्।

मन्त्रालयले अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा भाइबर र ह्वाट्सएप सुविधा सहितको मोबाइल नम्बरहरु ९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), ९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) र ९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ।

उ’द्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपालीहरूलाई उ’द्धार नहुँदा सम्म जो जहाँ रहेका छन्, तो’किएको सम्पर्क नम्बरहरूमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालीहरूबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रूपमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ।