शनिबार १६ मंसिर २०८०

१७ कात्तिक– नेपालगञ्जमा दिनदहाडै खुँडा प्रहार गरी हत्या गरिएका चेतन मानन्धर पत्नी भारती शेर्पाले रिगल भनिने योगराज ढकालको कैद मिनाहा बदर गरेर सर्वोच्च अदालतले आफूलाई थप साहस दिएको बताएकी छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले आफूलाई अदालतले न्याय दिएको बताइन् । उनले रिट फिर्ता दिन धेरै प्रकारका बाधा, डर त्रास, धम्की र पैसाको अफर आएको बताइन् । तर, पैसा र डरमा नलागी आफू अन्तिमसम्म अडिग रहेको उनको भनाइ थियो ।

‘धेरै बाधाहरु आए । धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए’, उनले भनिन् । आफू पछि हट्दा धेरै पीडित महिलाको पनि हार हुने ठानेर आफू अडिग रहेको उल्लेख गरिन् ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत ३ असोजमा संविधान दिवसका दिन बाँकी कैद मिनाहा गरिदिएका थिए । रिगलको कैद माफीविरुद्ध भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले बिहीबार रिगलको कैद मिनाहाको निर्णय बदर गर्दै पक्राउ गरी बाँकी कैद मिनाहाका लागि कारागार चलान गर्न आदेश दिएको थियो । बिहीबारै प्रहरीमा आत्मसमर्पण गरेका रिगललाई जिल्ला अदालत बाँकेले कारागार चलान गरेको छ ।


Last Updated on: November 3rd, 2023 at 8:34 pm

२००७ पटक हेरिएको

तपाईको प्रतिक्रिया