Ultimate magazine theme for WordPress.

०७८ भदौ ०९ गते बुधबार ई.सं. २०२१ अगस्त २५ ​तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

140

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कामको प्रस्ताव आउनेछ । मनमा उमंग छाउनेछ । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव बढ्नेछ । माता पितासँग अवस्था सुमधुर हुँदै जानेछ । विशिष्ठ व्यक्तिको साथ सहयोग रहनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक पक्ष कमजोर बन्नेछ । यात्राअघि साबधानी अपनाउनु होला । नयाँ कामलाई गो प्य राखेरै योजना अघि बढाउनु होला । धार्मिक काममा मन जानेछ । शैक्षिक क्षेत्रमा सुधार आउनेछ । सन्तानको प्रगतीले मन प्रफुल्लित बनाउँछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेममा अस्थिरता आउन सक्छ । अनावश्यक द बा ब झेल्नु पर्ला।

ककर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)/strong>रमणीय यात्राको योग छ । पूरानो मित्रसँगको भेटले मन प्रसन्न हुनेछ । खानपानले स्वास्थ्य गढबढ हुन सक्छ । खर्च बढे पनि आम्दानी घट्ने छैन । वित्तीय क्षेत्रबाट सहयोग प्राप्त होला।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)अनावश्यक समस्यामा परिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला । निर्णय लिनमा दुविधा होला । दिनको उत्तरार्धमा आफू अनुकुलको समय बन्ला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला। रोकिएको काम बन्नसक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नुहुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ । प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ। आर्थिक कारोबारमा मन्दी आउन सक्छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ । आफ्ना योजना गो प्य राखेर गरेको काममा सफलता मिल्ला।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)सुधारोन्मुख हुँदै गरेको स्वास्थ्य तामसी बिगार्न सक्छ । खानपिनमा ध्यान दिनुहोला । खर्च अनुरूपको आम्दानी नहुँदा मानसिक चिन्ता बढ्न सक्छ । प्रेम को अवस्था ठीकै हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।