Ultimate magazine theme for WordPress.

विमानका पाइलटलाई हृ’दयघात भएपछि भारतमा आ’कस्मिक अवतरण

184

ओमानको मस्क्याटबाट बंगलादेशको लागि उडेको एउटा विमानका पाइलटलाई हृ’दयघात भएपछि विमान आकस्मिक रुपमा भारतमा अवतरण गरिएको छ। बंगलादेशको बिमान एयरलाइन्सको विमान महाराष्ट्रको नागपुरको विमानस्थलमा शुक्रबार आकस्मिक अवतरण गरिएको हो।

सो विमानमा १२६ यात्रु थिए। सबै यात्रु सुरक्षित भएको र पाइलटलाई अस्पताल भर्ना गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ। भारतीय समयअनुसार बिहान ११ बजेर ४० मिनेटमा सो विमान ना’गपुरको विमानस्थलमा अवतरण गरिएको थियो।

वास्तवमा को’रोना भाइरसको म’हामारीका कारण यतिबेला भारत र बंगलादेशबीचको हवाई सेवा बन्द गरिएको छ। तर भारतीय हवाई क्षेत्रमा उडिरहेको बंगलादेशी विमानका पाइलटलाई हृ’दयघात भएपछि उनको ज्यान जो’गाउन आकस्मिक अवतरण गरिएको बताइएको छ।