Ultimate magazine theme for WordPress.

बा’ढीले १५ सय घर डु’बानमा : पाँचको मृ’त्यु, चार बे’पत्ता

195

काठमाडौं : लगातारको वर्षाले आएको बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृ’त्यु भएको छ ।

नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बे’पत्ता छन् । महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डु’बानमा परेका छन् । विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ ।लगातारको वर्षाले पश्चिम नवलपरासीको जनजीवन पनि नराम्रोसँग प्रभावित बनेको छ ।

दुईजनाको मृ’त्यु भएको छ भने एकजना बे’पत्ता भएकी छिन् । बाढीले रामग्राम– १६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृ’त्यु भएको प्रहरीले जनाएको छ । राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घर जाने क्रममा उनीहरूलाई भे’लले ब’गाएको हो ।

दुवैजनाको श’व घरनजिकैको खेतमा भेटिएको थियो । बाढी पसेपछि ज्यान जो’गाउन निस्केकी सुनवल– १३ की ओरिसा तामाङ बे’पत्ता भएकी छिन् ।बा’ढीले सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित देखिएको छ । आठ–दशबाहेक सरदमुकामका सबै घर डु’बानमा परेका छन् । परासीमा बिहीबार मध्यरातमै घरघरमा पानी पसेका थियो ।

स्थानीय हा’रगुहार गर्दै घरका छत र अग्लो स्थानमा भा’गेका थिए । शुक्रबार दिउँसो १ बजेसम्म पनि पानीको सतह न’घट्दा भोकाएका बालबालिका चि’च्याइरहेका थिए । सिंगै बस्ती एउटै पी’डामा रहेकाले कसैले कसैलाई स’हयोग गर्न सकेका थिएनन् । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।