Ultimate magazine theme for WordPress.

‘प्रचण्ड राष्ट्र कै समस्या हो, मैले सुधार्न खोजे तर सकिन’

171

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रकै समस्याको रुपमा लिएका छन् ।

केपी शर्मा ओलीले ऋषि धमलाको कार्यक्रममा कुरा गर्दै भने, “प्रचण्ड जी बिग्रेको मान्छे हो तर मैले सुधार्न सक्छु भनेर पार्टी एकता गरेर नेकपा बनाए तर प्रचण्ड कहिल्यै नसुध्रिने रहेछन् । प्रचण्ड अहिलेको अवस्थामा राष्ट्रको ठूलो समस्या हुन् र अहिलेको राजनीति अस्थिरता पनि उनकै कारण भएको हो ।”

नेता ओलीले भने, “प्रचण्डको साथ पाएकोले अहिले प्रधानमन्त्री शेरबहादुर देउवा फुरफुर भएका छन् तर त्यो फुरफुर प्रचण्डले केहि समय मै उतारिदिन्छन् अनि देउवा जीले बुझ्नुहुन्छ । अहिले प्रधानमन्त्री पदको लागि प्रचण्डले सिर्जना गरेको भ्रममा हुनुहुन्छ देउवा जी । प्रचण्डले नराम्रो संग पछार्छन् ।”

के एमाले र माओवादी केन्द्र एकीकरण गर्नु गलत थियो भन्ने प्रश्नमा अध्यक्ष ओली भन्छन्, “होईन त्यो निर्णय गलत थिएन । म कमन्युष्ट पार्टीको अध्यक्ष भएका नाताले मैले कमन्युष्ट आन्दोलन गर्ने शक्ति एक ठाउँ ल्याउन खोजेको थिएँ तर प्रचण्ड राष्ट्रको लागि भन्दा आफ्नो लागि बढी लोभिएको कारण एकता टुट्यो ।

प्रचण्डलाई सुधार्न कोशिस गर्नु चाहिं गल्ती भयो किनकी प्रचण्ड सुध्रिने पात्र होइनन् ।”प्रचण्डको राजनीति अब चाडैं जनतालाई छर्लङ्ग हुने नेता ओलीले बताएका छन् । प्रचण्डले माधव नेपालसंग मिलेर नेकपा एमाले फुटाउनेदेखि एमालेको शक्ति कमजोर बनाउन कोशिस गरे तर जनताले साथ एमालेलाई दिने केपी ओलीले उल्लेख गरेका छन् ।