शनिबार १६ मंसिर २०८०

गएराती ११ः४७ मा गएको भुकम्पको केन्द्रबिन्दु भनिएको जाजरकोटको बारेकोट गाउपालिका क्षेत्रमा कुनै मानवीय क्षती नभएको बारेकोट गाउपालिकाका एक अधिकृतले बताएका छन्।

राती भुकम्प गएको थाह पायौं बारेकोटका करिव ४ हजार घरधुरी मध्ये कुनैपनि घर बस्न लायक छैनन तर कुनै मानवीय क्षती भएको छैन बारेकोट गाउपालिकाका कार्यक्रम अधिकृत श्रम सिंंहले भने।

बारेकोटको रामीडाँडा केन्द्रविन्दु गरी ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भुकम्प लगत्तै बारेकोटको सन्चार सम्पर्क समेत अवरुद्ध भएका कारण रातभर तनावको स्थीती भएको उनले बताए। बिद्युत छैन् फोन छैन कसरी उद्धारमा समन्वय गर्ने हो समस्या भयो उनले थपे।

‘बारेकोटमा मानवीय क्षति नभएको भएपनि त्यहाका कुनैपनि निजी घर तथा कार्यालय, स्कुल, स्वास्थ्य चौकी लगायतका कुनैपनि भवन अव बस्न सकिने अवस्था नरेको उनले बताए।


Last Updated on: November 4th, 2023 at 9:10 am

५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया