Ultimate magazine theme for WordPress.

बिरामी हिड्ने बाटो सफा नगर्दा गाउँपालिका अध्यक्ष स्थानीयले समाते क’ठालो

417

दोलखा-गाउँको सडक हिलाम्मे भएर वि’रामीलाई अस्पतालसम्म लैजाने अवस्था नभएपछि दोलखाको मेलुङ गाउँपालिकाका वासिन्दाले अध्यक्षमाथि दु’व्र्यव’हा’र गरेका छन् ।

मेलुङ गाउँपालिका वडा नम्बर ३ मुकुनेबाट ग’म्भीर बि’रामी एक पुरुषलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा सडक हिलाम्मे भएर गाडि आउन स’मस्या भएपछि स्थानीयले सडकमै अध्यक्ष नरबहादुर श्रेष्ठमाथि दु’व्र्यवहार गरेका हुन् । हिलाम्मे सडकमा श्रेष्ठमाथि एक व्यक्तिले हात हा’लेको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

हिजो मुकुनेका जनकबहादुर तामाङलाई नि’मोनिया भएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा बि’रामी लिन आएको गाडि बुद्धचोक नजिकै फ’सेको थियो ।त्यसपछि बि’रामीका आफन्तजनले सडकमा फसेको गाडि माटो पन्छ्याएर निकालिदिन आग्रह गर्दा अध्यक्ष श्रेष्ठले आफु सदरमुकाम चरिकोट भएको बताउँदै डोजर पठाइदिने बताएका थिए ।

मुकुनेबाट बि’रामी बोकेर स्टेचरमा ल्याएका बि’रामीका आफन्तजन र छिमेकीहरुले बाटोमा आउने क्रममा जोरधारा नजिकैको सडकमा भेटेपछि बि’रामीसँगै आएका मानबहादुर थोकर तमाङले अध्यक्ष श्रेष्ठको क’ठालो समातेर तानेका थिए ।बि’रामीका आफन्तजनले सडकको दु’रावस्थाका कारण

बि’रामीलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन नसकेको आ’क्रोशमा गाउँपालिका अध्यक्षमाथि हा’तपात र दु’व्र्यव’हार भएको बताएका छन् । मुडे–मेलुङ सडक अन्तर्गतको सडक वर्षेनि हिलाम्मे हुँदा पनि गाउँपालिका अध्यक्षले वे’वास्ता गर्दै आएको भन्दै बि’रामीका आफन्तहरुले आ’क्रोश व्यक्त गरेका हुन् ।

मुकुने भन्ने स्थानबाट बि’रामी बोकेर ल्याँउदा ३ वटा स्टेचर समेत भाँचिएको अवस्थामा बि’रामी लिन आएको गाडि फसेपछि अध्यक्षलाई आग्रह गर्दा गाउँमै भएर पनि झ्क्या’एर चरिकोटमा छु भनेको र बाटो समेत सफा नगरिदिएपछि आ’क्रोशित बनेका बि’रामीका आफन्त प्रेम लामाले बताउनुभयो ।

सडकको दु’रावस्थाका कारण करिब ३ घण्टाको बाटो हुँदै बि’रामीलाई स्टे’चरमा बोकेर ल्याउनु परेको र त्यति हुँदाहुँदै पनि अध्यक्षले वास्ता नगरी आफु गाउँमा नभएको बताएपछि सो घटना भएको उहाँको भनाई छ । मेलुङवासीको मुख्य मेरुदण्डको रुपमा रहेको सडक

बर्खाको समयमा हिलाम्मे भएर बि’रामीलाई अस्पतालसम्म लैजान कठिन हुँदापनि अध्यक्षले झु’ट बोलेर बसेकाले आफुहरुले अध्यक्षलाई सम्झाई/बुझाई गर्ने क्रममा हा’तहालेको जस्तो देखिएको बि’रामीका छोरा कुमार तामाङको दा’वी छ । लगातारको वर्षाका कारण मुडे–मेलुङ सडक अन्तर्गतको विभिन्न

स्थानमा सडकमाथिबाट पहिरो ख’स्दा बाटो अवरुद्ध बनेकाले बि’रामीलाई पनि उनीहरुले लामो समय लगाएर बोेकेर ल्याएका थिए ।स्थानीयले क’ठालोमा स’मातेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाईरल भएपनि गाउँपालिका अध्यक्ष श्रेष्ठको अहिलेसम्म कुनै धारणा सार्वजनिक भएको छैन ।

मेलुङ गाउँपालिका र श्रेष्ठ आवद्ध दल नेकपा एमालेले पनि यस बिषयमा केही बोलेको छैन । स्थानीयको दुव्र्यवहारमा परेका श्रेष्ठ नेकपा एमाले दोलखाका उपाध्यक्ष समेत हुन् । मेलुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएयता उनी पटक–पटक स्थानीयको आ’क्र’म’णमा परेका छन् ।

यसअघि पनि गाउँपालिकाको केन्द्र रहेको श्रेष्ठकै गृह गाउँ भेडपुमा पनि खानेपानी योजना सम्वन्धी विवादमा स्थानीयले हा’तपा’त र दु’व्र्यवहा’र गरेका थिए । सो घटना जिल्ला प्रहरी कार्यालयमा समेत दर्ता भएको थियो ।मेलुङ गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष हिरा थोकरले लगातारको वर्षाका कारण

सडक अ’वरुद्ध भएर बि’रामी लैजान समस्या भएपछि सडक पन्छाउने विषयमा सरसल्लाह गर्दा बिरामीको आफन्त आ’क्रोशि’त बनेको बताउनुभयो । यद्धपि हा’तपात तथा दु’व्र्यवहा’रको घटना नभई सरसल्लाह गर्दै हिड्ने क्रममा त्यस्तो देखिएको उहाँको भनाई छ ।

बि’रामीले विभिन्न स्थानमा ख’सेको पहिरो पन्छ्याउन आग्रह गरेपछि धेरै स्थानमा प’हिरो गएकाले स्का’भेटरले प’न्छ्याउन केही ढिलाई भएकाले स्थानीय आ’क्रोशि’त देखिएको प्रवक्ता थोकरले बताउनुभयो । गाउँपालिका अध्यक्ष स्वयँले सवारी साधनको व्यवस्था गरी बि’रामीलाई उपचारका लागि काठमाडौं पठाइएको उहाँको भनाई छ ।