शनिबार १६ मंसिर २०८०

जाजरकोटमा शुक्रवार मध्यरात गएको भूकम्पका कारण मृत्यु हुनेहरूमा बालबालिकाहरूको सङ्ख्या धेरै देखिएको छ। मध्यरात भूकम्प आउँदा बालबालिकाहरू सुतिसकेका थिए।

भूकम्पमा परेका अधिकांश बालबालिकाहरूको शव ओच्छ्यानमा फेला परेको छ। सुतिरहेका बालबालिकाहरू धेरै भग्नावशेषमा परेको देखियो।

अधिकांश कच्ची घरहरू भत्कँदा भग्नावशेषले किचेर बालबालिकाहरूको मृत्यु भएको हो। भग्नावशेषमा परेर ज्यान जानेमा ६ महिनाको बालबालिका समेत देखिए।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका २ मा आठ जनाको मृत्यु भएको पुष्टीहुँदा ६ जना बालबालिका छन्। मृत्यु हुने बालबालिकाको उमेर १० महिनादेखि १२ वर्षसम्म रहेको छ।

सशस्त्र प्रहरी बलबाट प्राप्त विवरण अनुसार परियार टोलका वर्ष १२ कि मनीषा परियार, वर्ष ८ को यमराज पुन, वर्ष २ को सितम पुन, वर्ष ८ को निर्जल चन्द, वर्ष ६ को कृष्ण परियार र १० महिनाको बालक रेजन वलीको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिकामा वर्ष १४ को रमेश पुन, वर्ष १३ को डिल बहादुर केसी, वर्ष ३ को बासु बुढा,वर्ष ५ की भावना जैसी,वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता बिक, वर्ष १३ को मदन गौतमको मृत्यु भएको सशस्त्र प्रहरी बलको समाचार कक्षले पुष्टि गरेको छ।

वर्ष १३ की सृजना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामीको समेत ज्यान गएको छ।


Last Updated on: November 4th, 2023 at 9:20 am

३२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया