Ultimate magazine theme for WordPress.

बिल गेट्सलाई झु’क्याएर एक पाकिस्तानीले १२ अर्ब रुपैयाँ ठगे

202

काठमाडौं। संसारका सबैभन्दा धनी व्यक्तिहरुमध्येका एक बिल गेट्स पनि ठ’गीको शि’कार भएका छन् । एक पाकिस्तानी व्यक्तिले बिल गेट्सलाई झु’क्याएर झण्डै १२ अर्ब रुपैयाँ ठ’गी गरेका छन् ।

एक किताबमा ती व्यक्तिले बिल गेट्ससँग १०० मिलियन डलर ठ’गी गरेको दा’वी गरिएको छ ।‘द की म्यानः द ट्रु स्टोरी अफ हाउ द ग्लोबल एलिट वाज डप्ड बाइ अ क्यापि’टलिस्ट फेयरी टेल’ मा दावी गरिएको छ कि आरिफ नकवी नामका एक पाकिस्तानी व्यक्तिले बिल गेटससँग १०० मिलियन डलर ठ’गेका थिए ।

यो किताब सिमोन क्लार्क र विल लोचले लेखेका हुन् । किताबमा दावी गरिएअनुसार वास्तवमा आरिफ नकवी एक ठग थिए जो अर्बपछि व्यक्तिहरुको सम्पत्ति ह’डप्ने काम गर्थे ।न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार आरिफ पाकिस्तानको एक निजी इक्विटी फर्मका प्रमुख थिए ।

उनी विश्वभरका लगानीकर्ताको पैसा फरक फरक व्यवसायमा लगानी गरिदिने काम गर्थे । यस क्रममा उनले बिल गेट्ससहित कैयौं धनाढ्यहरुसँग राम्रो सम्बन्ध बनाएका थिए । पछि यही सम्बन्धको फाइदा उठाएर उनले लगानी गर्ने नाममा बिल गेट्सबाट भारी रकम ठ’गी गरे ।

किताबका अनुसार आरिफ नकवीले १०० मिलियन डलर हे’राफेरि गरेका थिए । यसमध्ये आधा रकमको कुनै हिसाबकिताब पाइएको छैन । यस्तोमा अब नकवीलाई जे’ल स’जाय हुन सक्छ किनकि उनका एक कर्मचारीले सबै लगानीकर्तालाई इमेल पठाएर यो ठ’गीको जानकारी दिएका थिए ।

एक समय आरिफ नकवीको क’द यतिसम्म बढेको थियो कि अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई मुस्लिक व्यापारिक नेताहरुको शिखर सम्मेलनमा समेत बोलाएका थिए । यतिमात्र होइन अमेरिका सरकारले नकवीको एक कम्पनीमा करोडौं डलर लगानी समेत गरेको थियो ।

नकवीले पनि आफ्नो प्र’भाव बढाउन ठूलो रकम दा’न दिएका थिए । बिल र मेलिन्डा गेट्सले जस्तै उनले पनि अमन फा’उण्डेसन बनाएका थिए ।