शनिबार १६ मंसिर २०८०

जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट १२८ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार जाजरकोटमा ९२ जना र पश्चिम रुकममा ३६ जनाको मृत्यु भएको हो। अहिले सुरक्षाकर्मीले खोजी तथा उद्धारको काम गरिरहेको छ।

सशस्त्र प्रहरीले २१ जनाको जीवितै उद्धार गर्न सफल भएको छ। उद्धारका लागि गृहमन्त्रालयको निर्देशनमा छिमेकी जिल्लाहरुबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौंबाट सशस्त्र प्रहरीको मेडिकलसहितको टोली जाजरकोट उडेको छ।

सशस्त्रको अस्पतालबाट डीएसपी डा. रोशन पराजुलीको कमाण्डमा ९ जनाको टोली मेडिकल सामाग्रीसहित सेनाको स्काई ट्रकमार्फत पश्चिम रुकुमको चौरजहारी उडेको छ।


Last Updated on: November 4th, 2023 at 9:37 am

५३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया