शनिबार १६ मंसिर २०८०

गएराति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्। यसको अवस्था बुझ्न यति वेला प्रधानमन्त्री पुष्पकमल दाहालको जाजरकोट गएका छन्। यसको सबैतिर आलोचना हुन थालेको छ।

भूकम्पले क्षति भएको क्षेत्रमा विशिष्ठ व्यक्तिको भन्दा पनि उद्धारकर्मी र राहतको आवश्यकता भएको भन्दै सामाजिक सञ्जालमा प्रश्न गर्न थालिएको छ। उच्च पदस्त व्यक्तिभन्दा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पठाउन माग गर्न गरिएको छ।

विज्ञ पनि भूकम्प प्रभावित क्षेत्रमा अहिले उच्च पदस्थ व्यक्तिभन्दा पनि उद्धारकर्मी र रातह आवश्यक भएको बताउँछन्। “यस्ता विपत् स्थलमा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ व्यक्तिहरू पुग्नु भनेको ‘डिजास्टर टुरिज्म’ हो र यो क्षम्य हुँदैन,” भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का अध्यक्ष आमोदमणि दीक्षित भन्छन्।

जहाँ उद्धार पुग्नु पर्ने हो, त्यहाँ प्रधानमन्त्री पुगेर कुनै नहुने अध्यक्ष दीक्षित बताउँछन्। “जहाँ वैज्ञानिक र विज्ञ पुग्नु पर्ने हो, त्यहाँ प्रधानमन्त्री पुगेर काम छैन। मन्त्री, सचिव, डीआइजी, सचिव, सेनापति पुगे पनि काम छैन,” उनी भन्छन्, “प्रधानमन्त्री त्यहाँ पुग्दा हामीले सोचे भन्दा धेरै खर्च हुन्छ। त्यो खर्चको सदुपयोग अन्यत्र हुनसक्छ।”

उनी २०७२ सालको गोरखा भूकम्पको उदाहरण दिन्छन्। मृत्यु भएकामध्ये ९९ प्रतिशत नागरिकले भूकम्प गएको तीन मिनेटभित्र ज्यन गुमाएको उनी बताउँछन्।

त्यस्तो अवस्थामा उद्धार टोलीले पनि केही हदसम्म नभ्याउने अवस्थामा प्रधानमन्त्री पुगेर केही नफेरिने उनको भनाइ छ। बरू यतिवेला प्रधानमन्त्री जाने भनिएको हेलिकोप्टरमा राहत पठाएर सदुपयोग गर्न सकिने उनको सुझाव छ।

भूकम्पको क्षति कम गर्न भने समयमा नै जोखिम न्यूनिकरणका काम गर्नुपर्ने उनको भनाइ छ। “हामीले राहत उद्धारमा अहिले ८० प्रतिशत र जोखिम न्यूनिकरणमा २० प्रतिशतमात्र ध्यान दिएको छौं, तर यस्ता विपत् कम गर्न ठिक उल्टो गरेर ८० प्रतिशत जोखिम न्यूनिकरणमा ध्यान दिनुपर्छ,” अध्यक्ष दीक्षित भन्छन्।

उनी भूकम्प लगायत विपद्मा विशिष्ठ व्यक्ति नगएर उद्धार गर्ने मान्छे र राहत सामग्री पठाउनुपर्ने बताउँछन्। “भूकम्प गयो प्रधानमन्त्री जोन, हवाइ दुर्घटना भयो प्रधानमन्त्री जाने, बाढी गयो प्रधानमन्त्री पुग्ने राम्रो होइन। प्रधानमन्त्रीले आफू त्यहाँ नपुगी प्रभावितलाई राहत, उद्धार र संरक्षण गर्न सक्ने सम्यन्त्र बनाउनुपर्छ,” उनी भन्छन्।


Last Updated on: November 4th, 2023 at 10:41 am

२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया