बुधबार २० मंसिर २०८०

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए । आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन । कार्कीलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेको एमालेले विश्वासको मतसमेत दिएको थियो ।


Last Updated on: November 4th, 2023 at 10:48 am

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया