
काठमाडौँ – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनलमा नेपालले ओमानको सामना गर्दैछ। विश्वकपका लागि छनोट भइसकेका नेपाल र ओमान प्रतियोगिताको उपाधिका लागि भिड्नेछन्।
नेपाल र ओमान भिड्दा नेपाली स्तर स्पिनर सन्दीप लामिछानेको हातमा महत्वपूर्ण अवसर हुनेछ। ओमान विरुद्धको खेलमा सन्दीपलाई दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर हुनेछ।
टि २० आइमा सन्दीप लामिछानेको विकेट संख्या ९६ पुगिसकेको छ र उनी १ सय विकेट पुग्ने क्रममा छन्। ओमान विरुद्ध ४ विकेट लिन सकेको खण्डमा उनको १ सय विकेट पूरा हुनेछ।
यस्तो भएको खण्डमा सन्दीपले टी–२० अन्तर्राष्ट्रियमा पनि सबैभन्दा छिटो एक सय विकेट लिने दुर्लभ कीर्तिमान बनाउनेछन्। सबै भन्दा छिटो टि २० विकेट लिने खेलाडीको रेकर्ड अफगानिस्तानका राशिद खानको नाममा छ।
उनले ५३ खेलबाट एक सय विकेट लिएका छन्। ओमान विरुद्ध सन्दीपको २० औं टि २० खेल हुनेछ। ओमान विरुद्ध ४ विकेट लिन नसके आगामी खेलमा सो रेकर्डसंग बराबरी गर्ने अवसर हुनेछ।